संसदमा गृहमन्त्री : निर्मला हत्याकाण्डका दोषी छिट्टै कठघरामा

संसदमा गृहमन्त्री :  निर्मला हत्याकाण्डका दोषी छिट्टै कठघरामा

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कार र महिला हिंसा नियन्त्रण गर्न सरकारले शून्य सहनशीलता अपनाउने बताएका छन् ।  प्रतिनिधिसभा बैठकमा निर्मला पन्तको बलात्कारपछि हत्या प्रकारणबारे जवाफ दिँदै गृहमन्त्री थापाले उच्चस्तरीय छानबिन समिति गठन गरेर हत्याबारे छिटोभन्दा छिटो सत्यतथ्य बाहिर ल्याउने बताए । 

कानुनी कारबाहीका सिलसिलामा लापरवाही भएको पाइए जोकोहीलाई पनि दण्डित गर्ने उनले प्रतिवद्वता व्यक्त गरेका छन् । गृमन्त्री थापाले भने, ‘निर्मला हत्याबारे अनुसन्धान जारी छ,घटनाको सत्यतथ्य छानबिन गरी न्याय दिलाउने कार्यमा सरकार क्रियाशील छ।'

छानबिन समितिका एकजना सदस्यले अलग भएको घोषणा गरेपनि उनले राजीनामा नदिएको र उनको सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने प्रतिवद्वतापश्चात समितिमा फर्किसकेको उनले जानकारी दिए ।   निर्मला हत्याबारे सदन मात्र नभई आम जनताको माग पनि भएकाले निर्मला हत्याबारे सरकार अत्यन्तै गम्भीर भएको गृहमन्त्री थापाले बताए।

गृहमन्त्री थापाले बर्दियाका हिरासतमा मृत्यु यातनाले नभई स्वभाविक मृत्यु भएको बताए । मन्त्री थापाले संसदमा पत्रकार राजु बस्नेत र रोल्पाको एक युवक हत्यालगायतको बारेमा जवाफ दिएका छन् ।  मन्त्री थापाले सांसदहरुले उठाएका सबै विषयको जवाफ दिएका हुन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.