मिठाई दिएर दुर्इ बालिका बलात्कार आरोपमा एक पक्राउ

मिठाई दिएर दुर्इ बालिका बलात्कार आरोपमा एक पक्राउ

महेन्द्रनगर : कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका दुई बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।  दुईसाता अघि बलात्कार गरेको भन्दै बालिकाका परिवारले प्रहरीलाई खबर गरेपछि उनी पक्राउ परेका हुन्।

घटना दुई साताअघि भएपनि परिवारले भने शनिबार मात्रै प्रहरीलाई खबर गरेका हुन् । परिवारले खबर गरे लगत्तै प्रहरीले बेल्डाडी गाउँपालिका–२ का ५७ वर्षीय राजेन्द्र विष्टलाई पक्राउ गरेको छ । 

‘परिवारले दुई बालिका दुई साताअघि बलात्कृत भएको भनी जानकारी दिए’, इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले भने, ‘जानकारीका आधारमा शनिबार नै आरोपितलाई पक्राउ गरिएको छ।’ 

ललाई फकाई बालिकालाई बलात्कार गरेको परिवारको आरोप छ । भदौं १५ गते शुक्रबार दुवै बालिका स्कुलबाट घरतर्फ फर्कने क्रममा मिठाई दिने भन्दै फकाएर घरमा लिएर बलात्कार गरेको उनीहरुको आरोप छ । 

‘१५ दिन अघि नै स्कुलबाट घर फर्किदा छोरीमाथि बलात्कारको घटना भएको रहेछ’, एक बालिकाकी आमाले भनिन्,‘घरमा भन्यो भने मारिदिन्छु भन्दै डर देखाएको रहेछ।’ दुवै बालिकाले डरका कारणले दुई सातासम्म घटना गुपचुप बनेको हो ।

‘अर्की बालिकाले घरमा आफ्नी आमालाई भनिसकेकी थिइन्’, उनले भनिन्,‘उनीहरु डराएर बाहिर भन्न सकेनन्, मैले थाहा पाएपछि बल्ल प्रहरी कार्यालयसम्म पुगेँ ’ 

सधै घरमा आइरहने र परिवारसँग समेत नजिक भएको  व्यक्तिबाटै बालिका बलात्कृत भएका हुन्।  दुबै बालिका घरदेखि ३० मिनेटको दूरीमा रहेको स्थानीय स्कुलमा कक्षा २ मा अध्ययन गर्छन् । पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । 

‘दुईजना बालिकालाई ललाई फकाई बलात्कार गरेको भनेर परिवारले भनेका छन्’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णराज ओझाले भने, ‘घटनाका बारेमा बुझ्ने काम भइरहेको छ।’ 

पीडित बालिकाका परिवारले दिएको जाहेरीकै आधारमा पक्राउ परेकालाई मुद्दा चलाएर कारबाही प्रक्रिया अघि बढाउने प्रहरी प्रवक्ता ओझाले बताए । 

बालिकाको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणपछि बालिकालाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.