मैथिली चलचित्रका नायक कर्णको नाममा पक्राउ पूर्जी

मैथिली चलचित्रका नायक कर्णको नाममा पक्राउ पूर्जी

वीरगन्ज : मैथिली चलचित्रका नायक एंव मोडल पियुष कर्णलाई लेनदेन मुद्दामा पर्सा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।  कर्ण मैथली भाषाको चलचित्र ‘प्रेमक बरसात’का नायक हुन् । कर्ण वीरगन्ज महानगरपालिका–२७ का स्थानीय हुन्। 

वीरगन्ज महानगरपालिका–१२ का आकाश सिकारीयासँग एक वर्ष पहिले कर्णले सापटीमा लिएको चार लाख रुपैयाँ फिर्ता नगरेपछि सिकारीयाले पर्सा जिल्ला अदालतमा २०७४ साल साउन २२ गते  कर्णविरुद्ध मुद्दा दायर गरेका थिए । 

 भदौ २९ गते पर्सा जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको एकल इजलाशले कर्णलाई कसुरदार ठहर गर्दै ३५ दिन भित्र अदालतमा हाजिर भएर सिकारीयासँग लिएको रकम फिर्ता गर्न आदेश दिएको थियो । कर्ण अदालतमा हाजिर नभएपछि भदौ २९ गते जिल्ला अदालत पर्साका न्यायधीश केशवप्रसाद घिमिरेको इजलाशले अदालतको आदेश अटेर गर्ने कर्णविरुद्ध एक वर्ष कैद सजायको फैसला गरेको छ । 

फैसला कार्यान्वयनका लागि भदौ २९ गते नै जिल्ला अदालतले कर्णलाई पक्राउ गरेर अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गरेको छ । तर प्रहरीले कर्णलाई आइतबारसम्म पनि पक्राउ गर्न सकेको छैन ।
कर्ण चलचित्रको प्रमोशनका लागि जनकपुर पुगेको खबर पाएको प्रहरीले शुक्रबार नै धनुषा प्रहरीलाई पत्राचार गरेको थियो । उनी जानकी मन्दिर परिसरको चलचित्र प्रमोशन कार्यक्रममा सहभागी नभएपछि प्रहरीले पक्राउ गर्न नसकेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक ज्ञानकुमार महत्तोका अनुसार कर्ण अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.