शुुद्धोधन गाउँपालिका पूर्ण भर्ना
तौलिहवा : कपिलवस्तुुको शुुद्धोधन गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण भर्ना गाउँपालिका घोषणा गरिएको छ। १० स्थानीय तह रहेको जिल्लामा यो गाउँपालिका पहिलो पूर्ण भर्ना गाउँपालिका घोषणा भएको हो। साविक ६ वटा गाविस मिलेर बनेको शुुद्धोधनभित्रका सबै वडा तीन वर्ष पहिल्यै पूर्ण साक्षर घोषणा भइसकेका छन्।
बाल दिवसको अवसर पारेर शुुक्रबार एक समारोहबीच गाउँपालिका अध्यक्ष निसार अहमद खाँले पूर्ण भर्ना गाउँपालिका घोषणा गरे। पाँचदेखि १२ वर्ष उमेर समूहका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरिएपछि पूर्ण भर्ना गाउँपालिका घोषणा गरिएको उनले बताए। ‘सबैको साथ सहयोगले जिल्लाको पहिलो पूर्ण भर्ना गाउँपालिका बनाएका छौं’, उनले भने, ‘अब विद्यालयमा विद्यार्थी टिकाउनेतर्फ लाग्छौं।’ गाउँपालिका तथा संघसंस्थाले घरदैलो कार्यक्रम तथा भर्ना हुुन नसकेका घरपरिवारका बालबालिकालाई आर्थिक सहयोग गरेपछि पूर्ण भर्ना गाउँपालिका बनाउन सकिएको उनको भनाइ छ।
पाँचदेखि १२ वर्ष उमेर समूुहका ६ हजार दुई सय ५६ बालबालिका विद्यालयमा भर्ना भएका छन्। सबै बालबालिका विद्यालयको पहुुँचमा पुुगेको गाउँपालिकाका शिक्षा प्रमुुख टिकाराम पौडेलले दाबी गरे। गाउँपालिकामा सामुुदायिक, संस्थागत र मदरसा गरी ५७ विद्यालयमा १२ हजार चार सय चार विद्यार्थी अध्ययनरत छन्।
प्रतिक्रिया दिनुहोस !