जनप्रतिनिधि र कर्मचारीविहीन स्थानीय तह

जनप्रतिनिधि र कर्मचारीविहीन स्थानीय तह

वीरगन्ज : बाराको सिम्रौनगढ नगरपालिकाको कार्यालय, आइतबारदेखि मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । मेयर विजय शंकर यादव , गत सोमबार देखि चीन भ्रमणमा गएका छन् । उपमेयर रिमा देवी पनि आइतवारदेखि बाबाधाम दर्शनका लागि धार्मिक यात्रामा आइतवार देखि भारतको झारखण्ड गएकी छन् ।

प्रमुख प्रशासकीय अधिकृत शम्भु साह भने गत भदौ २८ गते देखि असोज ७ गते सम्म ११ दिनको बिदामा बसेका छन् । स्वास्थ्य उपचारका लागि दिल्ली जानु पर्ने भन्दै प्रमुख प्रसाशकीय अधिकृत साहले ११ दिनको विदा लिएका हुन् ।

चीन भ्रमणमा रहेका मेयर यादव आगामी बुधबार मात्र कार्यालयमा आइ पुग्ने उनका स्वकीय सचिव गुड्डु यादवले जानकारी दिए । धार्मिक यात्रामा गएकी उपमेयर रिमा देवी पनि ५÷६ दिन पछि मात्र फर्किने कार्यालय प्रशासन फाँटका खरिदार सुरेश यादवले बताए । नगरपालिकाका मेयर र उपमेयर भ्रमणमा गएकै बेला प्रमुख प्रशासकीय अधिकृत पनि ११ दिनको विदामा बस्दा कार्यालय सुनसान भएको छ ।

नीतिगत निर्णय गर्ने मेयर र उपमेयर तथा ती निर्णय कार्यान्वयन गराउने प्रमुख प्रशासकीय अधिकृत पनि कार्यालयमा नहुदा सेवाका लागि कार्यालयमा पुग्ने सेवाग्रहीहरू काम नै नगराइ फर्कन बाध्य भइरहेका छन् । ११ दिनको विादमा रहेका प्रमुख प्रशाकीय अधिकृत साहले निमित्तको कार्यभार शिक्षा फाँटका अधिकृत बजृ किशोर साहलाइ दिएका छन् । तर मेयर र उपमेयर भ्रमणमा गएका बेला शिक्षा फाँटका अधिकृत साह पनि कार्यालयकै कामले अधिकांश समय कार्यालयबाहिर रहने गरेकाले कार्यालयको सेवा प्रभावित भएको प्रशासन फाँटका खरिदार सुरेश यादवले बताए । सिम्रौनगढ नगरपालिकाको कार्यालयमा कार्यरत अन्य अधिकांश कर्मचारीहरू पनि नियमित रूपमा कार्यालयमा नआउने गरेका कारण कार्यालयको कामकाजमा असर पर्दै आएको स्थानीय सेवाग्राहीहरूको गुनासो छ ।

सिम्रौनगढ नगरपालिकाको कार्यालयमा प्रमुख प्रशाकीय अधिकृत सहित २५ जना कर्मचारी कार्यरत छन् । प्रशासन फाँटका खरिदार सुरेश यादवका अनुसार , सिम्रौनगढ नगरपालिकाको कार्यालयमा कार्यालयमा एक प्रशासकीय अधिकृत , तीन प्राविधीक , तीन सुब्बा , तीन खरिदार , तीन अधिकृत , एक लेखापाल, पाच कार्यालय सहायक , तीन चालक , एक मेस्तर गरि २५ जना कर्मचारी कार्यरत छन् ।

तर ती मध्ये ११÷१२ जना मात्र कर्मचारीहरू कार्यालयमा भेटिने गरेका छन् । अधिकांश कर्मचारी , विदा र कार्यालयको काममा बाहिर जानु पर्ने कारण देखाउदै कार्यालयमा नआउने गरेका कारण सेवाग्राहीहरू मर्कामा पर्दै आएका छन् ।

कार्यालयमा आउने कर्मचारीहरू पनि बिहान ११ बजेपछि मात्र आउने गरेको युवा विधार्थी संघर्ष समिति सिम्रौनगढका अध्यक्ष उमेश कुशवाहाले बताए ।

कर्मचारीहरू कार्यालयमा अनिवार्य रूपमा बिहान १० बजे नै आइपुग्नुपर्ने नियम छ, कुशवाहाले भने । तर अधिकांश कर्मचारी बिहान ११ बजेपछि मात्र आउने गरेका छन् ।

नगरपालिकाको कार्यालयमा आइतवार एक जना सेवाग्राीहीको काम लिएर जादा ११ जना कर्मचारीहरू मात्र कार्यालयमा भेटिए, कुशवाहाले भने ,‘ ती मध्ये बृजकिशोर साह र जितेन्द्र प्रसाद यादव गरि दुइ जना कर्मचारी मात्र बिहान १० बजे कार्यालयमा आएका थिए , बाँकी नौ जना कर्मचारीहरू भने ११ बजे पछि मात्र कार्यालयमा आए । सिम्रौनगढ नगरपालिकाको कार्यालयमा २५ जना कर्मचारी कार्यरत रहेकोमा कार्यालयमा आलोपालो गरि ११÷१२ जना मात्र कर्मचारीहरू आउने गरेको कुशवाहाले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.