उच्च जोखिममा काठमाडौं : एक वर्षमा दुई सय आगलागी

उच्च जोखिममा काठमाडौं : एक वर्षमा दुई सय आगलागी

  • अग्निनियन्त्रणमा सडक र केबल तार बाधक
  •  विद्युत् सर्ट मुख्य कारण

 

काठमाडौं : काठमाडौं उपत्यका आगलागीको उच्च जोखिममा छ । एक वर्षभित्र यहाँ करिब दुई सय ठाउँमा आगलागी भएको छ । घना बस्तीमा अव्यवस्थित विद्युत् जडानका कारण अधिकांश आगलागी विद्युत् सर्टबाट हुने गरेका छन् । आव २०७४७५ मा भएका एक सय ९४ वटा आगलागीमा ८९ वटा विद्युत् सर्टबाटै भएका छन् । पाटन औद्योगिक क्षेत्रमा विद्युत् सर्टबाट भएको आगलानी निभाउन १४ घण्टा लागेको थियो । ग्यास चुहिएर पनि उपत्यकामा एक वर्षमा २० वटा आगलागी भएका छन् ।

काठमाडौं महानगरपालिका वारुणयन्त्र वसन्तपुरका कार्यालय प्रमुख बद्रीमान नगरकोटीले भने, ‘सबैभन्दा बढी आगलागी विद्युत् सर्टबाटै भएका छन्, त्यसपछि ग्यास लिकबाट हुने आगलागी पनि कम छैन । जथाभावी विद्युत् जडान गर्ने, राति विद्युत् उपकरण खुलै राख्ने गर्दा बढी आगलागी भएका छन् ।’

चुरोटको ठुटोबाट आगलागी हुँदा सानो गौचरनमा रेसिडेन्सी अपार्टमेन्टमा एक व्यक्तिको ज्यानसमेत गएको छ । गत कात्तिक १९ गते राति भएको आगलागीमा वीरबल माझीको मृत्यु भएको थियो । दियो बाल्दा, आगो ताप्दा अन्यत्र सल्केर, खाजा बनाउने र फोहोर जलाउने क्रममा पनि आगलागी भएका छन् । दसंैतिहारलगायत चाडबाडमा बढी आगलागी जोखिम हुने गरेको छ ।

मंसिरमा सबैभन्दा बढी आगलागी

राजधानीमा गर्मीमा भन्दा जाडोमा बढी आगलागीका घटना भएको देखिएको छ । सबैभन्दा बढी आगलागी मंसिरमा भएका छन् । कात्तिक, मंसिर, पुस, माघ, फागुनमा बढी आगलागी भएका छन् । एक सय ९४ मा मंसिरमा मात्रै २९ वटा आगलागी भएका छन् । त्यस्तै चैतमा २२, कात्तिकमा २१, माघमा १९, फागुनमा १६, पुुस १५ आगलागीका घटना भएका छन् । साउन १३, जेठ, असार, भदौ र असोजमा १२÷१२ स्थानमा आगलागी भएका छन् ।

पछिल्लो समय अग्नि नियन्त्रणका लागि आवश्यक उपकरण पर्याप्त नभए पनि अभाव भने नभएको उनले बताए । काठमाडौंमा ४ वटा दम्कल चालू अवस्थामा छन् । एउटा भने समान्य मर्मत गर्नुपर्ने अवस्थामा छ । २५÷३० मिटरको ल्याडरसहितका गाडी दुई छन् । दुर्घटना हुँदा उद्धारमा प्रयोग हुने एउटा रेस्क्यू ट्रक पछि छ । उक्त ट्रक घाइतेको उद्धार गर्न प्रयोग गरिन्छ । त्यसका लागि प्रयोग हुने तीनवटा साना गाडी पनि छन् । फायर बाइक चार, लाइट प्रोटेबल पम्प दुई, जमेको पानी फाल्ने वाटर पम्प एक, सुकेका रूख काट्ने मेसिन दुई, फायर एस्टिङ्ग्विसर, केमिकल फर्म र कार्बनडाइअक्साइडलगायत अग्नि नियन्त्रण उपकरण र समाग्री छन् । इनारमा उद्धार गर्ने समानसमेत छन् ।

नेपाली सेनासँग तीन, दक्षिणकाली नगरपालिकामा एक, नेपाल प्रहरीसँग एक र ललितपुर र भक्तपुरमा दुईदुई दम्कल छन् । सञ्चालनकै अवस्थामा भए पनि दक्षिणकाली नगरपालिकाको दम्कल भने थन्किएर बसेको छ । जुद्ध वारुणयन्त्रमा भान्सेदेखि कार्यालय प्रमुखसम्म ३४ जनाको जनशक्ति छ । ‘आवश्यक परेको बेला हामी सबै खटिन्छौं’, उनले भने ।

सडक र केबल तार अग्नि नियन्त्रणका बाधक

काठमाडौंमा सडक र केबल तार आगलागी नियन्त्रण सबैभन्दा बाधक छन् । ट्राफिक जामका कारण पनि समयमै दम्कल पु¥याउन नसकिने उनको भनाइ छ । ट्राफिक जामका कारण समयमै पुग्न नसकिने भएकाले तीन जुद्ध वरुणयन्त्रले उपत्यकाका तीन स्थानमा सब स्टेसन बनाउने प्रस्ताव गरिएको छ । यसो भएमा आगलागीबाट हुने क्षति न्यूनीकरण हुने उनले बताए । बानेश्वरको ट्रलिबस स्टेसन, शंखपार्क र हलचोक वा स्वयम्भूमा स्टेसन राख्ने प्रस्ताव महानगरलाई गरेको उनको भनाइ छ ।

बानेश्वरको सब स्टेसनले धोबीखोलादेखि शंखमूल, बुद्धनगर, कोटेश्वर, बात्तीसपुतली, सिफल, मित्रपार्कदेखि पूर्वको क्षेत्रलाई समेट्छ भने शंखपार्कको चक्रपथ, चाबहिल, बौद्ध, महाराजगन्ज, लाजिम्पाट, सामाखुसी, बालाजु पुललगायत उत्तरी क्षेत्र तथा हलचोकको सब स्टेसनले विष्णुमती पुलपारि, बालाजु पुलदेखि वनस्थली, स्वयम्भू, बलम्बु, कालिमाटी पश्चिमी भाग समट्ने गरी प्रस्ताव गरिएको छ ।

एक वर्षमा भएको आगलागी : १ सय ९५

विद्युत् सर्ट : ८९

ग्यास लिक : २०

अज्ञात : १७

अचानक: १३

तीन स्थानमा सब स्टेसन अवश्यक

मुख्य स्टेसन ; वसन्तपुर

सब स्टेसन

बानेश्वरको ट्रलिबस स्टेसन

शंखपार्क

हलचोक वा स्वयम्भू

आगलागीका ठूला घटना

२०७४ असोज १४: काठमाडौं १४ कुलेश्वरस्थित फलफूल बजार नजिकैको सुकुमबासी बस्तीका आगो लाग्दा ४० घर जले । आगलागीबाट करोडौंको क्षति । ६ वटा दमकल, फायर बाइक र निजी ट्यांकर प्रयोग गर्दा पनि आगो निभाउन धेरै समय लाग्यो ।

२९७४ कात्तिक १९: चुरोटको ठुटोबाट सल्केको आगोले सानो गौचरणमा रेसिडेन्सी अपार्टमेन्टमा वीरवल माझीको मुत्यु ।

२०७४ कात्तिक २३: त्रिपुरेश्वरस्थित जयन्ती पेट्रोल पम्पमा विद्युत् सर्ट भएर आगो लाग्दा सञ्चालक मुलायम मियाको मृत्यु । अदिन अन्सारी घाइते । दुईवटा सटर र त्यहाँका समान र मोटरसाइकल जलेर नष्ट ।

२०७४ कात्तिक २८: पाटन औद्योगिक क्षेत्रभित्र रहेको प्लास्टिक कारखानामा विद्युत् सर्ट भएपछि आगो लाग्दा गोदामका समान नष्ट ।

२०७४ फागुन ५: काठमाडौं लगनटोलस्थित लाल रञ्जितकारको घरमा आगो लाग्दा ६७ वर्षीय जीवनमान     श्रेष्ठको मृत्यु । घरका सबै समान नष्ट ।

२०७५ असार ६: गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीमा इलेक्ट्रोनिक पसलमा आगो लाग्दा सामान क्षति ।

२०७४ असार ३: गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारस्थित ओम कृषि फार्ममा आगलागी हुँदा ९७ वटा गाई मरेका थिए । आगलागीबाट करिब ४ करोड रुपैयाँ क्षति ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.