विश्वकर्मा पूजाको दिन साबुन उद्योगमा भीषण आगलागी, ५ करोडको क्षति

विश्वकर्मा पूजाको दिन साबुन उद्योगमा भीषण आगलागी, ५ करोडको क्षति

 वीरगन्ज : वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा रहेकोे मकालु शोप एण्ड केमिकल इण्डस्ट्रिज उद्योगमा सोमबार बिहान भीषण आगलागी भएको छ।  बाराको परवानीपुर गाँउपालिका ३ लिपनीमालमा रहेको त्रिवेणी ग्रुपको साबुन उद्योगमा भएको आगलागीबाट करिब पाच करोडको क्षति भएको उद्येगका प्रबन्धक अजय कुमार अग्रवालले बताए। 

सोमबार बिहान करिब साढे सात बजे  उद्योगमा विश्वकर्मा पूजाको तयारी चलिरहेका बेला अचानक आगलागी हुदा त्यसबाट उद्योगको गोदाम, गोदाममा रहेका तयारी साबुन, साबुन बनाउन प्रयोग हुने तेल, रसायन र अन्य कच्चा पदार्थ, साबुन प्याक गर्ने कागज र कार्टुन, साबुन उत्पादन गर्ने मेशिनहरु सबै जलेर नष्ट भएको घटनास्थलमा पुगेका पर्साका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए। 

 त्रिवेणी ग्रुपकै अमृत घिउ उद्योग परिसरमा रहेको मकालु शोप एण्ड केमिकल इण्डस्ट्रिज उद्योगमा लागेको आगो पाचवटा वारुण यन्त्रको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वारुण यन्त्रका अग्नि नियन्त्रक र उद्योगका मजदुरहरुको चार घण्टाको प्रयासमा निभाइएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए। 

 उद्योगमा लागेको आगो निभाउन वीरगन्ज महानगरपालिका, जितपुरसीमरा उपमहानगरपालिका, पोखरीया नगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगमको क्षेत्रीय डिपो अमलेखगन्जबाट गरी पाँच वटा वारुण यन्त्र पुगेका थिए।   उद्योगका प्रबन्धक अग्रवालले आगलागीबाट उद्योगमा करिब पाँच करोड भन्दा बढीको क्षति भएको बताएको भन्दै प्रहरी नायव उपरीक्षक थापाले भने ,‘क्षतिको यकिन विवरण संकलनको काम भइरहेको छ। 

 उद्योगका मजदुहरुले सोमबार बिहान उद्योगमा विश्वकर्मा पूजाको तयारी चलिरहेका बेला विद्युतको सर्किट सर्ट भएर आगो लागेको बताएपनि यस बारेमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए। 


    
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.