दुई लाख नक्कली भारतीय रकमसहित एकजना पक्राउ

दुई लाख नक्कली भारतीय रकमसहित एकजना पक्राउ

महेन्द्रनगर : नक्कली भारतीय रकम सहित कञ्चनपुरको बेलौरी क्षेत्रमा एक भारतीय नागरिक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीको टोलीले ती भारतीय नागरिकलाई २ लाख नक्कली रकम सहित पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाका अनुसार पक्राउ पर्नेमा भारतको पिलिभित जिल्ला राजापुरी थाना हजारा बस्ने ५५ वर्षीय सतमान सिंह रहेका छन् । 

उनले भारतीय नक्कली नोटको कारोबार गर्ने गरेको विशेष सूचनाका आधारमा छापा मार्ने क्रममा प्रहरीले ५ सय दरका २ लाख रकम सहित पक्राउ गरेको हो ।

बेलौरी नगरपालिका वडा नम्बर ८ पचुई खप्टे नालाबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक चुडामणि पुनको कमाण्डमा खटिएको प्रहरी टोलीले सिंहलाई सो नक्कली नोटसहित पक्राउ गरेको हो । 

उनले नेपाल प्रवेश गरेर नक्कली भारतीय नोटको कारोबार गर्दै आएको सूचनाका आधारमा प्रहरीले खोजी गरिरहेको थियो । 

पक्राउ परेका भारतीय नागरिक सिंहलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा राखिएका छ । ती भारतीय नागरिकले नेपालतर्फ समेत कसैसंग मिलेर कारोबार गर्ने गरेको छ वा छैन भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

गतवर्ष समेत प्रहरीको क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले बेलौरी क्षेत्रबाटै नक्कली पैसा छाप्ने गिरोहका २ जनालाई पक्राउ गरेको थियो । 

ती गिरोहका दुईजनाले सीमावर्ती भारतीय गाउँमा बसेर नेपाली नक्कली रकम छपाईको काम गर्दै आएका थिए । प्रहरीले नक्कली नोट छाप्न आवश्यक पर्ने मेशिन सहितका सामाग्री र केही रकम समेत बरामद गरेको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.