पर्सामा हात्तीको आक्रमणबाट एक युवतीको मृत्यु, एक घाइते

पर्सामा हात्तीको आक्रमणबाट एक युवतीको मृत्यु, एक घाइते

 वीरगन्ज : पर्साको ठोरी गाउँपालिका-३ ब्रम्हानगरको नयाँबस्तीमा आइतबार मध्यरातमा जङगली हात्तीको आक्रमणमा परी एक युवतीको मृत्यु भएको छ। हात्तीको आक्रमणट अर्की एक युवती सामान्य घाइते भएकी छिन्।

हात्तीको आक्रमणबाट नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिका घर भइ हाल पर्साको ठोरी गाँउ पालिका- ४ विजयवस्तीमा रहेको खाजा घर (होटल) मा काम गर्दै आएकी २६ वर्षीया रेजिना स्याङबोको मृत्यु भएको हो।

हात्तीको आक्रमणमा परी उनीसँगै होटेलमा काम गर्ने गुल्मीको धुरकोट गाउँपालिकाकी ३० वर्षीया उर्मिला केसी घाइते भएकी छिन्। विजयबस्तीमा रहेको होटलबाट होटल धनीलाई थाह नै नदिइ आइतबार राति १ बजे तिर ठोरी बजारका एक युवकको मोटरसाइकलमा ठोरीको शीकारीबास जाने क्रममा नयाँबस्तीमा जंगली हात्तीले तीनै जनामाथि आक्रमण गरेको थियो।

मोटरसाइकलमा सवार तीनजनालाई हात्तीले आक्रमण गर्दा मोटरसाइलको पछाडिपट्टी सवार युवती स्याङ्बोको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठोरिका प्रहरी निरीक्षक प्रमेश बिस्टले बताए। प्रहरी निरीक्षक विष्टका अनुसार घटनालगत्तै मोटरसाइकल चालक फरार रहेकाले उनको पहिचान खुल्न सकेको छैन। त्यहि मोटरसाइकलमा सवार अर्की युवती गुल्मीको धुरकोट गाउँपालिकाकी ३० वर्षीया उर्मिला केसी भने घाइते भएको प्रहरी निरीक्षक विष्टले बताए ।

 घाइते युवती उर्मिलाले दिएको बयान अनुसार उनी ८÷९ महिनादेखि विजयबस्ती खाजा घरमा काम गर्दै आएकी थिइन्। मृत्यु हुने रेजिना भने एक महिनादेखि त्यहाँ काम गर्दै आएकी थिइन्। रेजिनाले घर जाने भनेर ठोरीकै एक युवकलाई बोलाएर होटल मालिकले थाहा नपाउने गरी उनीहरु दुवैजना राति भागेका थिए।

मोटरसाइकलमा जाँदै गर्दा एक्‍कासी बाटोमा हात्ती देखेपछि मोटरसाइकल चालकले रोकेर घुमाउने क्रममा रेजिना मोटरसाइकलबाट झरेकी थिइन्। त्यसपछि हात्तीले लखेटेर आक्रमण गर्दा रेजिनाको मृत्यु भएको हो। मोटरसाइकल चालक ठोरीकै भएपनि निजको स्पष्ट पहिचान भने गर्न नसकेको प्रहरीले जनाएको छ। 

घाइते उर्मिलाले पनि युवकलाई नचिनेको र मृत्यु भएकी रेजिनाले भने राम्रोसँग चिनेको बताएकी छन्  । मृतक रेजीनाको शव पोस्टमार्टमका लागि वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा  पठाइएको प्रहरी निरीक्षक प्रमेष्ट विष्टले जानकारी दिए। 

त्यही जंगली हात्तीले नयाँबस्तीकै सूर्यबहादुर स्याङतानको घर पनि भत्काइ दिएको छ ।यसअघि गत भदौ ६ गते ठोरी गाउँपालिका- ३ मै पर्ने बुद्धनगरमा एक अपरिचित व्यक्तिलाई जंगली हात्तीले आक्रमण गरी मारेको अवस्थामा शव फेला परेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.