हतकडीसहित फरार रहेका अभियुक्त ११ दिनपछि पक्राउ

हतकडीसहित फरार रहेका अभियुक्त ११ दिनपछि पक्राउ

सिन्धुली : हतकडीसहित फरार एक अभियुक्तलाई प्रहरीले ११ दिनपछि पक्राउ गरेको छ। सुनकोशी गाउँपालिका-३ रातमाटाबाट फरार भएका सञ्जय परियारलाई प्रहरीले आइतबार राति बसपार्कबाट पक्राउ गरेको हो।

सर्लाही ईश्वरपुरा नगरपालिका-५ का १७ वर्षीय परियार जबरर्जस्ती करणीको अभियोगमा काठमाडौंबाट पक्राउ गरी सर्लाही लैजाने क्रममा गत भदौ २१ गते हतकडीसहित बाटोबाटै भागेका थिए। 

परियारलाई बसपार्कमा काम गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए। उनलाई आवश्यक कारवाहीका लागि सर्लाही प्रहरीको जिम्मा लगाइएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.