दुईलाख नक्‍कली नोटसहित एक भारतीय पक्राउ

दुईलाख  नक्‍कली नोटसहित एक भारतीय पक्राउ

महेन्द्रनगर : नक्‍कली भारतीय नोटसहित कञ्चनपुरको बेलौरी क्षेत्रमा एक भारतीय नागरिक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले भारतीय नागरिकलाई २ लाख नक्‍‍कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाका अनुसार पक्राउ पर्नेमा भारतको पिलिभित जिल्ला राजापुरी थाना हजारा बस्ने ५५ वर्षीय सतमान सिंह रहेका छन्। उनले भारतीय नक्‍‍कली नोटको कारोबार गर्ने गरेको विशेष सूचनाका आधारमा जानकारी आएको प्रहरीले जनाएको छ। सराकीको सूचनाका आधारमा छापा मार्ने क्रममा प्रहरीले ५ सय दरका २ लाख बराबरका नक्‍कली नोटसहित पक्राउ गरेको हो।

बेलौरी नगरपालिका- ८ पचुई खप्टे नाला नजिकबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक चुडामणि पुनको कमाण्डमा खटिएको प्रहरी टोलीले सिंहलाई नक्‍कली नोटसहित पक्राउ गरेको हो।

पक्राउ परेका भारतीय नागरिक सिंहलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा राखिएको छ। प्रहरीले अनुसन्धान अघि बढाएको बताएको छ।  गतवर्ष समेत प्रहरीको क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले बेलौरी क्षेत्रबाटै नक्‍कली नोट छाप्ने गिरोहका २ जनालाई पक्राउ गरेको थियो । ती गिरोहका दुईजनाले सीमावर्ती भारतीय गाउँमा बसेर नेपाली नक्‍कली रकम छपाईको काम गर्दै आएका थिए। प्रहरीले नक्‍कली नोट छाप्न आवश्यक पर्ने मेसिनसहित रकम समेत बरामद गरेको थियो।
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.