छिमेकी नै शत्रु : दिदीबहिनीलाई तेजाव हानेर कुरुवा बस्न अस्पताल पुगे

छिमेकी नै शत्रु : दिदीबहिनीलाई तेजाव हानेर कुरुवा बस्न अस्पताल पुगे

रौतहट : रौतहटका दुईजना किशोरीलाई तेजाव हानेको अभियोगमा उनीहरुकै एकजना छिमेकीलाई  प्रहरीले पक्राउ गरेको छ । चन्द्रपुर नगरपालिका–६ की १८ वर्षीया सम्झनाकुमारी दास  र उनकी बहिनी १५ वर्षीया सुस्मिता कुमारीमाथि तेजाव हानेको अभियोगमा छिमेकी रामबाबु पासवानलाई प्रहरीले सोमवार पक्राउ गरेको हो ।

घटनाको ६ दिनपछि प्रहरीले बिरामी कुरुवा बसेका घाइतेहरुका छिमेकी पासवानलाई कीर्तिपुर अस्पतालबाट पक्राउ गरेको हो । पक्राउ परेका पासवान पीडितका बुवा जादोलाल दाससँगै अस्पतालमा कुरुवा बस्न काठमाडौँ गएका थिए ।

प्रहरीले पासवानलाई पक्राउ गरेकोबारे केही विवरण सार्वजनिक गरेको छैन । तर पीडित किशोरीका बुवा जादेलालले छिमेकी पासवानलाई प्रहरीले पक्राउ गरेको बताएका छन् । उनलाई प्रहरीले सोमवार काठमाडौँबाट रौतहट ल्याएको छ । गत भदौ २६ गते राति करिब १२ बजे सम्झना र सुस्मिता सुतिरहेको अवस्थामा तेजाव हानिएको थियो । 

तेजाव हानिएपछि उनीहरुको उपचारमा सहयोग गर्न पासवान नै पहिले पीडितको घरमा पुगेका थिए । कीर्तिपुरस्थित अस्पतालमा दुवै दिदीबहीनीको  उपचार भइरहेको छ । कुरुवा बस्दा पासवानमाथि शंका लागेको किशोरीहरुका बुवा जादोलालले बताए । 

पासवानमाथि अनुसन्धान गरेर कडा भन्दा कडा कारवाही गर्न  उनले माग गरेका छन् । ठुली छोरी सम्झनाको अवस्था अझै पनि गम्भीर छ । उनको शरीरको ३५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

उनको अनुहार, घाटी, ढाड र छाती गहिरो गरी जलेको छ । बहिनी सुस्मिताको भने अवस्था सामान्य हुँदै गएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.