खसीबोकाको व्यापार बढ्यो

खसीबोकाको व्यापार बढ्यो

सिन्धुली : हिन्दूहरूको महान पर्व विजया दशमी नजिकिँदै गर्दा सिन्धुलीका बजारमा खसीबोकाको व्यापार बढेको छ। दसैंका लागि मासुको जोहो र नवदुर्गाको पुजाका लागि खसीबोकाको माग बढ्न थालेको छ। जिल्लाका कतिपय सहरी इलाका र अन्य क्षेत्रका मानिसले खसीबोका खरिद गर्ने र ग्रामीण भेगका विपन्न कृषकले दसैंका लागि खाद्यान्न, लत्ता कपडा र अन्य समान जोहो गर्न आफूले पालेका खसीबोका बिक्री गर्न थालेको व्यापारी देवीप्रसाद फुँयालको बताए।

भदौको पहिलो सात देखिनै सिन्धुलीका बजारमा खसीबोकाको व्यापार सुरु भए पनि एक सात यता भने किनबेचमा निकै वृद्धि भएको छ। व्यापारीका अनुसार यस अवधिमा मात्रै जिल्लामा एक हजारभन्दा बढीको संख्यामा खसीबोकाको किनबेच भइसकेको छ। दसैंको मुखसम्ममा कम्तीमा पनि १५ हजार बढी खसीबोका किनबेच हुने अनुमान छ।

जिल्लामा खपत नहुने खसीबोका राजधानी समेत लैजाने गरिएको छ। ग्रामीण क्षेत्रबाट बिक्रीका लागि सदरमुकामसम्म तथा तराईका जिल्ला र राजधानीमा समेत लैजाने गरिएको छ। यसैबीच व्यापारीले गत वर्ष जिल्लामा १३ सयदेखि १५ सय रुपैयाँ धार्नीमा पाइने खसी बोकाको मूल्य धार्नीमा १८ सयदेखि दुई हजार रुपैयाँसम्म कायमा राखेका छन्। गत वर्षको तुलनामा यस वर्ष कृषकले खसीबोकोको मूल्य वृद्धि गरेका कारण बजारमा व्यापारीले समेत मूल्य वृद्धि गरेको अर्का खसी व्यापारी तिलक श्रेष्ठको दाबी छ।

अघिल्लो वर्ष जिल्लामा खसीको मूल्य १७ सयदेखि दुई हजार रुपैयाँसम्म कायम गरिएको थियो। तर यसरी बजारमा बिक्रीका लागि ल्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण भने हुने गरेको छैन। जिल्लाका ग्रामीण क्षेत्रबाट बिक्रीका लागि ल्याइएका खसी बोकोको स्वास्थ्य परीक्षण नगरी बिक्री गर्ने गरिएको व्यापारी बताउँछन्। जिल्लाबाट हजारौंको संख्यामा स्वास्थ्य परक्षिण नै नगराई काठमाडौंसम्म खसीबोका निकासी गर्ने गरिएको छ।

सरकारले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै खसीबोकाको स्वास्थ्य परीक्षण गरेर राम्रो रिपोर्ट भएका खसी बोकामात्र किनबेच गर्न आग्रह गर्दै आएको छ। जिल्लामा जिल्ला भित्रै वा तराईका जिल्लाबाट ल्याइएका कुनै पनि खसीबोकाको स्वास्थ्य परीक्षण नगराई बर्सेनि हजारौंको संख्यामा बिक्रीवितरण गर्दा उपभोक्ताको स्वास्थ्यामा गम्भीर असर पर्दै आएको जानकार बताउँछन्।

जिल्लामा पशुको स्वास्थ्य परीक्षण गर्ने क्वारेनटाइमको व्यवस्था नहुँदा यस्तो समस्या आएको पशु सेवा कार्यालय सिन्धुलीले जनाएको छ।

जिल्लामा दसैंलगायत चाडवाडमा हजारौंको संख्यामा खसीबोका, राँगा तथा सुंगुरको बिक्रीवितरण हुने गरेको भए पनि त्यसको स्वास्थ्य जाँचका लागि आवश्यक व्यवस्थापन नहुँदा समस्या आएको कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.