पार्किङस्थल बनाउन ६ कम्पनी इच्छुक

पार्किङस्थल बनाउन ६ कम्पनी इच्छुक

उपत्यकामा बढ्दै गएको पार्किङ समस्या सम्बोधन गर्न महानगरले धर्मपथस्थित आफ्नै जग्गामा पार्किङस्थल बनाउन लागेको हो


काठमाडौं : काठमाडौं महानगरपालिकाको धर्मपथमा पार्किङस्थल बनाउन ६ वटा कम्पनीले इच्छा देखिएका छन्। ती कम्पनीले पार्किङस्थल बनाउन महानगरलाई डिजाइन पेस गरेका छन्। उपत्यकामा बढ्दै गएको पार्किङ समस्या सम्बोधन गर्न महानगरले धर्मपथस्थित आफ्नै जग्गामा पार्किङस्थल बनाउन लागेको हो।

यो पार्किङस्थल फाइनान्स बिल्ड अपरेट एन्ट ट्रान्सफर (डीएफवीओटी)को अवधारण अनुरुप निर्माण हुनेछ। डिजाइनमा आउने समस्याका कारण निर्माण प्रक्रियामा अवरोध सिर्जना नहोस् भन्ने उद्देश्यले महानगरले डिजाइज बनाउने कम्पनीबाट नै पार्किङस्थल निर्माण गर्न डीएफवीओटी मोडलमा बनाउन खोजिएको महानगरका सहप्रवक्ता नवराज ढकालले बताए।

‘पार्किङस्थल बनाउन ६ वटा कम्पनीको प्रस्ताव आएको छ। पहिलो चरणमा इच्छुक कम्पनीसँग पार्किङस्थलको डिजाइन माग गरिएको हो। निर्माण प्रक्रिया छिटो अघि बढाउन एक साताभित्रमा डिजाइनको मूल्यांक सक्नेछौं’, ढकालले भने, ‘मूल्यंकनमा सक्षम देखिएका कम्पनीसँग दुई साताभित्रमा रिक्वेस्ट फर प्रपोजल (आरएफपी) माग गरिनेछ। पार्किङस्थल बनाउन स्वदेशी कम्पनीले मात्रै इच्छा देखाएकाले ३० दिनको समय दिएर आरएफपीको सूचना जारी गरिनेछ।’

आरएफपीमा कम्पनीले पार्किङ स्थलको विस्तुत डिजान र लागत पेस गर्नेछ। त्यसमा कम्पनीको प्राविधिक तथा आर्थिक क्षमताको पनि मूल्यांकन गरिनेछ। प्राविधिक तथा आर्थिक क्षमतामा उत्कृष्ट ठहरिएका कम्पनीले पार्किङस्थल बनाउने जिम्मा पाउनेछ। प्रस्तावमा पार्किङस्थलको लागत र सवारीसँग उठाइने शुल्क पनि समावेश हुनेछ।

स्तरीय भवन र सस्तो मूल्यमा सवारी पार्किङ गराउने कम्पनीले निर्माणको जिम्मा पाउनेछ। ‘कातिकसम्ममा आरएफपीको मूल्यांकन सम्पन्न गर्नेछौं। प्राविधिक र आर्थिक क्षमतामा उत्कृष्ठ ठरिएको कम्पनीले मंसिरभित्रमा निर्माणको जिम्मा पाउनेछन्’, ढकालले भने। पार्किङस्थल बनाउन एक अर्ब रुपैयाँ लाग्ने महानगरको प्रारम्भिक अनुमान छ।

महानगरले काठमाडौं उपत्यकाको सवारीचाप व्यवस्थित गर्न पार्किङस्थल बनाउन खोजिएको हो। पार्किङस्थलको अभावमा सवारीसाधन सडकमै पार्किङ गर्ने गरिएको छ। यसले गर्दा ट्राफिक जामको समस्या विकराल बन्दै गएको छ। नयाँ बन्ने पार्किङस्थलले न्युरोड, असन, दरबारमार्ग, त्रिपुरेश्वर, टेकुलगायत सेवाग्राहीलाई सुविधा हुने महानगरले जनाएको छ।

धर्मपथको एक रोपनी १५ आना जग्गामा दुई तले वेसमेन्टसहित ६ तलाको पार्किङस्थल निर्माण हुनेछ। सवारीसाधन पार्किङ गर्न आउने सेवाग्राहीको सुविधाका लागि माथिल्लो तलामा रेस्टुरेन्ट पनि सञ्चालन गर्न सकिनेछ।

पार्किङस्थल निर्माण गर्ने कम्पनीले पार्किङ शुल्कका साथै रेस्टुरेन्टबाट पनि आम्दानी गर्न सक्नेछन्। एकपटकमा सात सयभन्दा धेरै सवारी अट्ने गरी पार्किङस्थल निर्माण गर्न लागिएको छ। पछिल्लो समय विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षणलाई सम्बोधन गर्न विद्युतीय सवारी पनि चार्ज गर्न सकिनेछ। पार्किङस्थल स्वाचालित हुनेछ।

स्वाचालित पार्किङस्थल निर्माण गर्दा थोरै क्षेत्रफलमा अधिकतम सवारी पार्किङ गर्न सकिने महानगरको योजना छ। डीएफवीओटी मोडलमा निर्माण गरिने पार्किङस्थल कम्पनीले २५ वर्षसम्म सञ्चालन गर्न पाउनेछन्। सम्झौताअनुसार २५ वर्ष पार्किङस्थल महानगरको मातहतमा आउनेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.