संविधान दिवसमा एनसेलको आकर्षक छुट

संविधान दिवसमा एनसेलको आकर्षक छुट

काठमाडौं: एनसेल प्राइभेट लिमिटेडले संविधान दिवसको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ। ग्राहकले नयाँ अफरमा आकर्षक छुटसहितको दरमा माइ फाइभ र आइफ्लिक्स सेवा प्रयोग गर्न सक्नेछन्। एनसेलका ग्राहकले मंगलबारबाट यो अफरको लाभ लिन सक्नेछन्। यो अफर १५ दिनसम्म  रहनेछ।

यस विशेष योजनाअन्र्तगत एनसेलका सबै प्रिपेड ग्राहकले ५ रुपैयाँ (कर बाहेक) मा माइफाइभ सेवा सुचारु गरी एनसेलका पाँचवटा आत्मीय (माइफाइभ) नम्बरमा मात्र ५० पैसा (करबाहेक) प्रति मिनेटको दरमा कुरा गर्न सक्नेछन्।

विद्यमान शुल्कमा माइफाइभ सेवा सुचारु गर्न प्रति महिना कर बाहेक २० रुपैयाँ र माइफाइभ नम्बरमा कुरा गर्न प्रति मिनेट ९९ पैसा (करबाहेक) लाग्नेछ। एनसेलका प्रिपेड ग्राहकले एस्ट्रिक्स ५५८८ ह्यास डायल गरी अफरअन्तर्गत एक महिनाका लागि माइफाइभ सेवा सुचारु गर्न सक्नेछन् ।

प्रत्येक महिना स्वतः नविकरण हुने गरी माइफाइभ सेवा लिन चाहने ग्राहकले एस्ट्रिक्स ५५९९ ह्यास डायल गरी यो सेवा सुचारु गर्न सक्नेछन्। पाँचवटा नम्बर माइफाइभ सर्कलमा राखिसकेपछि नम्बर परिवर्तन गर्दा प्रत्येक नम्बर परिर्वतनको कर बाहेक ५ रुपैयाँ शुल्क लाग्नेछ। 

संविधान दिवसको अवसरमा आएको नयाँ अफरमा एनसेलले आफ्ना ग्राहकका लागि सुलभ दरमा भिडियो कन्टेन्टमा पहुँच सुनिश्चित गर्न आइफ्लिक्सको डेटा शुल्कमा पनि भारी छुट प्रदान गरेको छ ।
यस अन्र्तगत ग्राहकले अब आइफ्लिक्स विभिन्न चार प्रकारका डेटा प्याकमध्ये कुनै पनि प्याक कर बाहेक मात्र १० रुपैयाँमा सुचारु गर्न सक्नेछन्।

विद्यमान शुल्क अनुसार, यी चार डेटा प्याक एक घण्टाको आइफ्लिक्स डेटा प्याक (वान टाइम), एक घण्टाको आइफ्लिक्स डेटा प्याक (रिकरिङ्ग), अनलिमिटेड नाइट आइफ्लिक्स डेटा प्याक (वान टाइम) र अनलिमिटेड नाइट आइफ्लिक्स डेटा प्याक (रिकरिङ्ग) को दर कर बाहेक ४४ रुपैयाँ २५ पैसा रहेको छ।

एनसेलका ग्राहकले अब आइफ्लिक्सका यी डेटा प्याक मात्र १० रुपैयाँ (कर बाहेक) मा प्रयोग गर्दै यसमा रहेको बृहत भिडियो कन्टेन्टको मनोरञ्जन लिन सक्नेछन्। आइफ्लिक्स एक इन्टरनेट टीभी सेवा हो जसको बृहत अनलाइन लाइब्रेरीबाट प्रयोगकर्ताले चर्चित तथा आफूलाई मनपर्ने सिनेमा, टीभी शो तथा अन्य धेरै कन्टेन्ट अनलाइन हेर्न तथा डाउनलोड गर्न सक्छन् । 

यस योजनाले ग्राहकलाई सुलभ दरमा आफ्ना साथीभाइ तथा परिवारसँग सम्पर्कमा रहिरहन र सूचना, जानकारी हाँसिल गर्न तथा मनोरञ्जनका लागि भिडियो कन्टेन्टको पहुँचलाई सुनिश्चित गर्ने विश्वास एनसेलको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.