पुष्पलाललाई 'नेपाल रत्न'

पुष्पलाललाई 'नेपाल रत्न'

काठमाडौं : सरकारले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्व.पुष्पलाल श्रेष्ठलाई नेपाल रत्न प्रदान गर्ने भएको छ। राष्ट्रको सबैभन्दा ठूलो पदवी पुष्पलाललाई मरणोपरान्त प्रदान गर्ने निर्णय गरिएको हो।

यसअघि यो पदवीबाट स्वर्गीय विश्वेश्वरप्रसाद कोइराला, मदन भण्डारी, गिरिजाप्रसाद कोइराला तथा गणेशमान सिंहलाई विभूषित गरिएको थियो।

सिंहदरबारमा आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले स्वर्गीय पुष्पलाललगायत राष्ट्रिय जीवनमा महत्वपूर्ण भूमिका खेल्ने झण्डै ५ सय जनालाई पदक, मानपदवी र अलंकार प्रदान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सरकारले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा विभुषण सिफारिस समिति गठन गरेको थियो। समितिको प्रस्तावमा विभुषण पाउनेको नाम राष्ट्रपति समक्ष पठाइएको हो।

पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनमा अग्रणी नेता तथा कुशल सिद्धान्तकार मानिन्छन्। विसं १९८१ असार १५ मा रामेछापको भंगेरीमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भएको थियो।

सरकारले नेपाल रत्नका साथै राष्ट्रगौरव, राष्ट्रदीप, जनसेवा श्री लगायतका पदक पाउने सबैको नाम राष्ट्रपति समक्ष पठाएको छ।

यसअघि यस्ता विभूषण तथा पदवी गणतन्त्र दिवसका अवसरमार १५ जेठका दिन प्रदान गरिँदै आएको थियो। तर यो वर्षदेखि संविधान दिवसका दिन ३ असोजमा प्रदान गरिनेछ।

कस्तो हुन्छ नेपाल रत्न ?

बनाउन १३ लाख लाग्ने यो तक्मा हिरा, सुन र मिना जडित हुन्छ। यो आठ कोणको मणिबाट बनेको हुन्छ। यसको व्यास ८.५ सेन्टिमिटर हुन्छ। यसको अग्रभागको प्रत्येक कोणमा पाँच पाँचवटा हिरा रहेको हुन्छ। कोणहरूको बीचमा दुई पातासहितको आठवटा लालीगुँरास रहेको हुन्छ।

आठवटा कोणको बीचमा सुनको रश्मि आकारको आठवटा कोण हुन्छन्। सुनको रश्मि आकार भित्र कमलको पात आकारको आठवटा रातो मिना हुन्छ। यसको मध्यभाग सुनबाट बनेको नेपालको नक्सा र त्यसमाथि सुनकै सगरमाथाको चित्र हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.