गाउँपालिका केन्द्र जोड्ने पुल जीर्ण

गाउँपालिका केन्द्र जोड्ने पुल जीर्ण

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाको केन्द्र जोड्ने डोडेश्वर झोलुंगे पुल जीर्ण हुँदा स्थानीयलाई समस्या भएको छ। वर्षौंपहिले निर्माण भएको पुलका फल्याक कुहेर झरिसकेका र बीचका फल्याक मात्रै रहेकाले आवतजावत गर्न अप्ठ्यारो भएको सुर्नया-२ का मोहनबहादुर विष्टले बताए।

उनले भने, ‘वर्षामा डोडेश्वर खोलामा तर्न सकिँदैन। गाउँपालिका केन्द्र जोड्ने सडक बन्द भएकाले पैदल जानुपर्छ तर डोडेश्वर खोलाको पुल जीर्ण हुँदा कतिखेर भाँचिने हो भन्ने डर छ।’

सतबाँझ श्रीभावर सडक वर्षाले अवरुद्ध भएपछि पैदल मार्ग जाने बाटोमा पर्ने डोेडेश्वर पुल जीर्ण हुँदा समस्या भएको सुर्नया गाउँपालिका-२ ग्वानी शंकरसिंह विष्टले बताए। उनले भने, ‘हाम्रो गाउँपालिकाको केन्द्र पुग्ने बाटो यही हो। पहिला बझाङदेखिका मानिस यो बाटो प्रयोग गर्थे। डोडेश्वर खोलाको पुल जीर्ण हुँदा साह्रै समस्या भएको छ। पुलमा दोहोरो वारपार गर्न सकिन्न।’

सुर्नया गाउँपालिका-१, २ र ३ का स्थानीयले गाउँपालिकाको केन्द्र डोडेश्वर खोला पार गरेर पुग्नुपर्ने हुन्छ। वर्षामा खोला तर्न सकिँदैन। खोलामाथि हालिएको झोलुंगे पुल जीर्ण हुँदा आवतजावत गर्नेलाई निकै समस्या हुने गरेको छ।

बर्खामा खोला बढेकाले तर्न नसकिने र पुल पनि जीर्ण भएकाले आवतजावत गर्न समस्या भएको स्थानीय प्रकाश भाटले बताए। उनले भने, ‘पुल कतिखेर खस्छ थाहा छैन। पुलका डोरी पनि जीर्ण भइसकेका छन्। फल्याक पूरै कुहिसकेका छन्।’

डोडेश्वर खोलामा पुल नहुँदा विद्यार्थीलाई समेत आवतजावत गर्न समस्या भएको रौलेश्वर माविका शिक्षक दीपेन्द्र विष्टले जानकारी दिए। उनले भने, ‘बंसल्लालगायत ठाउँका विद्यार्थीलाई विद्यालयमा आउन-जान समस्या भएको छ। पुल जीर्ण हुँदा बालबालिका जोखिम मोलेर आउजाउ गर्छन्।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.