विद्यालय सुधार्दै स्थानीय तह, दिवा खाजादेखि विद्युतीय हाजिरीसम्म

विद्यालय सुधार्दै स्थानीय तह, दिवा खाजादेखि विद्युतीय हाजिरीसम्म

बुटवल : सामुदायिक विद्यालयको स्तर नाजुक देखिएपछि रुपन्देहीका स्थानीय तहले शैक्षिक सुधार अभियान थालेका छन्। पहिलो पटक स्थानीय तहबाट भएको कक्षा आठको नजिता शुन्य भएपछि जनप्रतिनिधि विद्यालय सुधारमा लागेका हुन्। रुपन्देहीको दक्षिण क्षेत्रमा पर्ने शुद्धोधन, सियारी, गैडहवा, मर्चवारी, सम्मरीमाई, कोटहीमाई गाउँपालिकाका अधिकांश विद्यालयका विद्यार्थी कक्षा आठमा सबै फेल भएका थिए।

ग्रेस नम्बर दिएर कक्षा नौमा पुर्‍याइए पनि अध्ययनमा उनीहरु कमजोर देखिएका छन्। ‘विद्यार्थी फेल हुनु भनेको शिक्षकको कमजोरी हो। त्यसैले शिक्षकबाटै सुधार अभियान चलाएका हौं’, सैनामैना नगर प्रमुख चित्रबहादुर केसीले भने, ‘अर्काे वर्ष कम्तिमा ५० प्रतिशत सुधार ल्याउने लक्ष्य लिएका छौं।’ सैनामैनाले सुधारका लागि कतिपय विद्यालय एकीकरण गरेको छ भने केही विद्यालयको तह घटाएको छ।

विद्यालयका प्रधानाध्यापकलाई करारनामा गराई शैक्षिक गुणस्तर सुधारमा लगाइएको छ। शुद्धोधन गाउँपालिकाका कतिपय विद्यालय सक्रिय भएर स्तर सुधारमा लागेका छन्। जनता मावी अमुवाका प्रधानाध्यापक ऋषिराम घिमिरेले अभिभावक र शिक्षकको सहकार्य भए विद्यालय सुधार हुने बताए। ‘केही अभिभावक विद्यालय आएर कहिल्यै छोराछोरीको बारेमा सोध्नुहुन्न। एकोहोरो विद्यालयको पढाईले मात्रै स्तर सुधारिने होइन’, उनले भने।

स्थानीय तहले शिक्षकलाई कडाई गर्दै अभिभावकलाई पनि सचेत बनाउने अभियान चलाएका छन्। विद्यालयको नियमित अनुगमन, विद्युतीय हाजिर मेसिन, दैनिक पाठ्ययोजनासहित वार्षिक कार्ययोजना बनाउन लगाइएको छ। वालवालिकालाई शिक्षकले चाहेमा सक्षम बनाउन सक्ने निष्कर्षसहित शिक्षकमाथि निगरानी गरिएको हो। शुद्धोधन गाउँपालिकाकी उपाध्यक्ष अमृता गुरुङले विद्यालयको भौतिक पूर्वाधारमा प्रसस्त बजेट बिनियोजन गरी काम थालिएको बताइन। ‘विद्यालयको योजनाअनुसार पूर्वाधार निर्माण र शैक्षिक सामग्रीमा रकम खर्चिएका छौं’, उनले भनिन्।

बुटवल उपमहानगरले शिक्षकलाई प्रोत्साहन गर्न कार्यक्रम सञ्चालन गरेको छ। शिक्षकको कार्यसम्पादनका आधारमा उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्ने तथा मावि सञ्चालन भएका तर दरबन्दी नभएका बिद्यालयमा अनुदानमा शिक्षक ब्यवस्थापन गरेको शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताए। बुटवल उपमहानगरमा कक्षा ११ मा अध्ययनरत दुई सय ४७ जना बिद्यार्थीलाई छात्रबृत्ति रकत बितरण गरिने पनि उनले जानकारी दिए।

तिलोत्तमा नगरपालीकाले शिक्षा सुधार बर्ष घोषणा गरेर शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ। वाल विकास केन्द्रका सवै वालवालिकालाई दिवा खाजा कार्यक्रम, वाल विकास केन्द्रदेखि कक्षा ५ सम्मका सवै वालवालिकालाई टिफिनक्यारी वितरण, कक्षा १ देखि ५ सम्मका आर्थिक अवस्था कमजोर भएका विद्यार्थी पहिचान गरी दिवाखाजाको व्यवस्था, नगरप्रमुख छात्तवृती वितरणजस्ता कार्य गरेको नगर शिक्षाशाखा प्रमुख हरिप्रसाद ज्ञवालीले बताए।

सबै विद्यालयमा नागरिक वडापत्र राख्ने, जंक फुड, प्लाष्टिक झोला निषेध विद्यालय घोषणा गरिएको छ। तिलोत्तमामा ८७ वटा बिद्यालय छन्। देबदह नगरपालीकाले स्थानिय पाठ्यपुस्तक निर्माण गरेको छ। विद्यालय छाड्ने दर कम गर्न दिवा खाजा शुरु गरिएको हो।

गैडहवा गाउँपालिकाले छात्रालाई पनि विद्यालय पुर्‍याउन ‘बालिका विमा र बिशेष कक्षा’ चलाएको छ। पालिका अध्यक्ष बच्चुलाल केवटले छात्रा शिक्षित भए आगामी पुस्ता शिक्षित हुने भन्दै अभियान थालिएको बताए। लुम्बिनी साँस्कृतिक नगरपालीकाले बाल विकासका कक्षालाई ब्यवस्थीत बनाउन पहल थालेको छ। बुद्ध आदर्श मावी र केनुहवा सामुदायिक मावीका बाल कक्षालाई ब्यवस्थीत र आधुनिक बनाएको नगर शिक्षा प्रमुख बिष्णुप्रसाद भुषालले जानकारी दिए।

मुस्लीम समुदायमा पनि बालबालिकालाई पढाउनुपर्छ भन्ने सोचको विकास हुनुलाई नगरले उल्लेखनीय प्रगती मानेको छ। हरेक महिनाको ७ गते बिद्यालयका प्रध्यानाध्यापकको बैठक राखेर छलफल गर्दै आएको छ। ओमसतियाले शिक्षक दरबन्दी मिलान गर्दै २० जना शिक्षक व्यवस्था गरेको छ। शिक्षकको अभाव हुन नदिन शिक्षामा लगानी बढाइएको शाखा अधिकृत हरिप्रसाद पोख्रेलले बताए। पालिकाले प्राविधिक शिक्षामा जोड दिन विद्यालयलाई निर्देशन पनि दिएको छ। रुपन्देहीको शुद्धोधन, सियारीका केही विद्यालयले कृषि र पशु विज्ञान पढाउन थालेका छन्। स्थानीय तहले आफैं ऐन निमय बनाएर काम शुरु गरेपछि कतिपय शिक्षक अदालत पुगेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.