जुम्ल्याहा छोरीकी आमा बनिन् लिजा
मुम्बई : मोडल तथा अभिनेत्री लिजा रे विवाह भएको ६ वर्षपछि सरोगेसीको माध्यमबाट दुई छोरीकी आमा बनेकी छन्। छोरीहरूको जन्म जर्जियामा भएको हो। उनले छोरीहरूको नाम सुफी र सोलियल राखेकी छन्।
‘मेरो जीवन धेरै इमोसनले भरिएको छ। म यसलाई शब्दमा बयान गर्न सक्दिनँ। मलाई धेरै कुराको व्यवस्थापन एकै पटक गर्नु परिरहेको छ। मेरो जीवनमा धेरै उतारचढाव आयो’, उनले भनिन्, ‘तर अहिले मेरो जिन्दगीमा आएको परिवर्तन र प्रेमको पूर्ण फाइदा उठाइरहेकी छु। म आफ्ना छोरीहरू आफ्नै घर मुम्बईमा चाँडोभन्दा चाँडो ल्याउन चाहन्छु।’
लिजाका छोरीहरू अहिले साढे तीन महिनाका भए। उनीहरूको जन्म जुनमा भएको हो। लिजालाई २००९ मा ब्लड क्यान्सर भएको थियो। उनले भनिन्, ‘नयाँ प्रविधिका कारण मेरो उत्साह कायम रह्यो र म आमा बन्न सकेँ। मेरो भाग्य साँच्चिकै राम्रो रहेछ।’ एजेन्सी
प्रतिक्रिया दिनुहोस !