बैंक नहुँदा सेवाग्राही मर्कामा, एउटा चेक साट्न एक हप्ता

बैंक नहुँदा सेवाग्राही मर्कामा, एउटा चेक साट्न एक हप्ता

बनेपा : जिल्लाका गाउँपालिका र नगरपालिकामा करौडौको कारोबार हुने भएपनि बैंक नहुँदा आर्थिक कारोबार गर्न स्थानीय सरकारलाई समस्या भएको छ। सरकारले साउनमै गाउँपालिकास्तरमा बैंक र शाखा स्थापना गरिसक्ने बताएपनि हालसम्म गाउँपालिकामा बैंक नपुग्दा दैनिक कारोबार गर्न नै समस्या भएको हो।

जिल्लाको विकट डाडाँपारी क्षेत्रका खानीखोला, महाभारत, बेथानचोक र कोशीपारी क्षेत्रका चौरीदेउराली, भुम्लु तथा तेमाल, रोशी र बेथाञ्चोक गाउँपालिकामा एउटा पनि बैंक नहुँदा गाउँपालिकालाई पैसा राख्न र झिक्न नै समस्या भएको जनप्रतिनिधिको गुनासो छ।

जिल्लाको मुख्य सहर बनेपा, पनौती,धुलिखेल, पाँचखालजस्ता सुगम ठाउँमा सयौ बैंकका शाखा र केन्द्रीय कार्यालय भएपनि दुर्गममा बैंकले शाखा नखोल्दा समस्या हुँदै आएको खानीखोला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलाले गुनासो पोखे। 'गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम धाउनुपर्ने बाध्यता छ, जुन एउटा चेक साट्न तीन चार दिन लाग्ने गर्छ।'

दैनिक रुपमा गाउँपालिकाम उठ्ने राजस्व, कारोबारबाट उठेको रकम समेत व्यवस्थापन गर्न समस्या हुने गरेको खुलालले बताए। तर बैंकले शान्ति सुरक्षा, सञ्चार, इन्टरनेट र बस्ने उपयुक्त भवन नभएकाले जान नसकेको बताएका छन्।रकमको कारोबार गर्न सुरक्षा व्यवस्था राम्रो नहुनुका साथै कारोबार सिस्टमका लागि इन्टरनेट नहुँदा बैंक र शाखा खोल्न बैंक असुरक्षीत रहेको बताउँदै आएका छन्। भने नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकामा बैंकका शाखा भएपनि सेवासुविधा र पायक नपरेकाले कारोबार गर्न असहज हुने गरेको स्थानीयको गुनासो छ।

बैंक समयमै नखुल्दा यातायात समेत नपुगेका गाउँपालिकामा आर्थिक कारोवार गरेर फर्कन एक हप्ता विताउनुपर्ने बाध्यता रहेको माहाभारत गाउँपालिकाका कार्यकारी अधिकृत बीरबहादुर बस्नेत बताउँछन्।'यातायातको सहज पहुँच नपुगेकाले गाउँपालिकाबाट सदरमुकाम धुलिखेल आउनै दुई दिने लाग्ने गरेको छ।' उनले थपे, 'आउन जान ४ दिन र अन्य काम गर्न तीन दिन राखेर एक हप्ता बित्ने गरेको छ।'

जिल्लामा रहेको राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेर आर्थिक कारोबार गर्नु परेको उनले गुनासो पोखे । गाउँपालिकाका जनप्रतिनिधि कर्मचारी रकम निकासा गर्न जिल्ला आएसँगै सेवाग्राही समयमै काम नहुँदा थप समस्यामा परेका छन्।

गाउँपालिकाका जनप्रतिनिधि कर्मचारी रकम निकासा गर्न अहिले पनि सदरमुकाम धुलिखेल राष्ट्रिय बाणिज्य बैंकमा आउपर्ने बाध्यता तेमाल गाउँपालिका अध्यक्ष सलामसिंह तामाङले बताए। बैंक नभएकाले आर्थिक कारोबार गर्न निकै कठिनाइ भएको छ भने अर्कोतिर प्रयाप्त कर्मचारी नहुँदा झन् समस्या उत्पन्न भएको छ।

गाउँपालिकामा बैंकको असुविधा भएसँगै पछिल्लो समय कर्मचारी र जनप्रतिनिधि जिल्ला केन्द्रित हुँदा थालेसँगै सेवाग्राही मारमा पर्दै आएका छन्। केही वडा सचिव बनेपाको गोदामचोक र धुलिखेलका चिया पसल र कोठाबाट कार्यलयको काम गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.