हराएकी युवतीमाथि काठमाडौंकै होटेलमा सामूहिक बलात्कार

हराएकी युवतीमाथि काठमाडौंकै होटेलमा सामूहिक बलात्कार

काठमाडौं : नागार्जुन नगरपालिकाकी एक युवतीलाई उनकै मामा नाता पर्नेको सहयोगमा काठमाडौँकै एक होटेलमा राखेर सामूहिक बलात्कार गरेको आशंका तीनजना पक्राउ परेका छन्। 

नागार्जुन नगरपालिका-७ हसनटारमा बस्दै आएकी बोल्न र राम्ररी सुन्न सक्दिनन् । उनलाई मामा नाता पर्ने अर्जुन लामाले भीमढुंगास्थित होटेल लगेका थिए । 

त्यसपछि उनलाई भिमढुङ्गा नर्सरीमा होटल सञ्चालन गर्ने ४० वर्षीय रामकृष्ण नगरकोटी, नुवाकोटको रालुकादेवी गाउँपालिका-९ घर भई कलंकी बस्ने ३९ वर्षीय युवतीका मामा पर्ने अर्जुन लामा र नागार्जुन नगरपालिका-८ मजुवा बस्ने ३३ वर्षीय सूर्य रानाले बलात्कार गरेको अाराेप लागेकाे छ। 

मामा पर्ने लामाले रानाको होटेलमा लगेपछि तीनैजनाले बलात्कार गरेको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रामदत्त जोशीले बताए । 

जोशीका अनुसार २१ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा मामा पर्ने लामा, होटल सञ्चालक नगरकोटी र राना पक्राउ परेका हुन् । 

उनीहरु तीनैजनालाई हिरासतमा लिइसकिएको छ । 'मामा पर्ने लामाले ती युवतीलाई फकाएर नगरकोटीले सञ्चालन गरेको होटेलमा लगेपछि तीनैजनाले जबजस्ती करणी गरेको पाइएको छ', एसपी जोशीले भने । 

युवती हराएको सूचना पाएपछि महानगरीय प्रहरी वृत्त कालीमाटीको टोली खोजी कार्यमा जुटेको थियो । खोजीकै क्रममा बलात्कृत भएको अवस्थामा युवती होटेलमा भेटिएकी हुन् । 

बलात्कृत युवतीको स्वास्थ्य परीक्षण तथा अन्य जाँचको प्रक्रिया भइरहेको जोशीले बताए । अभियुक्तसँग बयान लिने काम भइरहेको उनले जानकारी दिएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.