पर्सामा थप ५५ सीमास्तम्भ गायब

पर्सामा थप ५५ सीमास्तम्भ गायब

वीरगन्ज : नेपाल भारत दुई देशबीचको सीमा छुट्याउनका लागि भारतसँग सीमा जोडिएको पर्साको धोबनीदेखि ठोरी गाउँपालिकासम्म गाडिएका सीमास्तम्भमध्ये थप ५५ वटा सीमास्तम्भ गायब भएका छन्। 

यसअघि गत बैशाखमा वीरगन्जमा नेपाल र भारतका सीमा विज्ञ र सुरक्षा अधिकारीको बसेको बैठकमा पर्सामा रहेका सीमास्तम्भमध्ये एक सय नौ वटा सीमास्तम्भ हराएको जानकारी गराइएको थियो। 

तर, त्यसयता फेरि ५५ वटा थप सीमास्तम्भ हराएका हुन्। भारतसँग सीमा जोडिएको पर्साको धोबिनी, जगरनाथपुर, जीराभवानी, पटेर्वा सुगौली र ठोरी गाउँपालिका क्षेत्रमा मुख्य, सहायक र साना गरी कुल तीन सय ३८ वटा सीमा स्तम्भ छन्। ती मध्ये पछिल्लो समयमा मुख्य चार र सहायक ५१गरी थप ५५ सीमास्तम्भ गायब भएका हुन्।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) भिखमपुरको कार्य क्षेत्रअन्तर्गत मुख्य आठ, सहायक सात र साना एक सय ४५ गरी कुल एक सय ६० सीमास्तम्भ हुनुपर्नेमा ती मध्ये मुख्य दुई र साना ४१ गरी कुल ४३ वटा सीमास्तम्भ हराएका हुन्। 

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक सोम श्रेष्ठका अनुसार  गत भदौंमा गरिएको स्थलगत अनुगमनका क्रममा ४२२ र ४२४ नम्बरको गरी दुईवटा मुख्य सीमा स्तम्भ तथा ४१६ को ६ ,७ , ८ ,९, १० , ११, १६ , १७ , १९ , ४२० को २ , ३ , १४ , १५ , १७ , १९ ,४२१ को ६ ,४२२ को १ , २ , ३ , ४ , ५ , ६ , ७ , ८ , ९ , १० , ११ , १२ , १३ , १४ , ४२३ को ७ , ८ , १३ र ४२४ को १ , २ , ३ , ४ , ५ , १० , ११ र  १२ नम्बरका गरी ४१ वटा साना स्तम्भ हराएको पाइएको हो। 

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) भिखमपुरको कार्य क्षेत्रअन्तर्गत मुख्य १४ , सहायक ४८ र साना ९६ गरी कुल एक सय ५८ सीमास्तम्भ हुनुपर्नेमा ती मध्ये गत बैशाख यता गरिएको स्थलगत अनुगमनका क्रममा मुख्य दुई र साना १० गरी कुल १२ वटा सीमास्तम्भ गायब छन्। 

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) सुर्वणपुरका सशस्त्र प्रहरी निरीक्षक सोम श्रेष्ठका अनुसार , गत भदौ महिनामा गरिएको अनुगमनका क्रममा ४२७ र ४३८ नम्बरका गरी दुई मुख्य तथा ४२४ को १४ , १५ , १६ , १७ , १८, २६ , ४२७ को २ , ३ , ४ र ५ नम्बरका गरी १० वटा साना सीमास्तम्भ नभेटिएको हो।  

नेपाल भारत सीमामा रहेका खोलामा आएको बाढीले बगाएर लगेका कारण सीमास्तम्भ हराएको र कतिपय सीमास्तम्भ अन्य कारणले पनि जहाँ हुनुपर्ने हो त्यहाँ नभेटिएको सशस्त्र प्रहरी निरीक्षक कार्कीले बताए।  

सुर्बणपुर बिओपीमा म आएको एक महिना मात्रै भएको छ, तर यी  सीमास्तम्भ पहिल्यै हराएका हुन्, उनले भने, ' म आएको भोलिपल्ट नै सीमा क्षेत्रमा गस्ती गर्दै जाने क्रममा ती सीमास्तम्भ नभेटिएका हुन्। सीमास्तम्भ हराएको बारेमा आफूले माथिल्लो निकायमा जानकारी गराइसकेको भएपनि अहिलेसम्म हराएको सीमास्तम्भ पुनः गाड्ने वा नगाड्ने भन्ने विषयमा माथिल्लो निकायबाट ठोस निर्देशन नआएको सशस्त्र प्रहरी निरीक्षक कार्कीले बताए। 

३९ वटा सीमास्तम्भ जीर्ण अवस्थामा 

गत भदौ महिनामा सशस्त्र प्रहरीका दुवै बिओपीले गरेको स्थलगत अनुगमनका क्रममा दुई मुख्य र ३७ वटा साना गरी ३९ वटा सीमास्तम्भ जीर्ण अवस्थामा पनि भेटिएका छन्। 

४२० र ४३६ नम्बरका गरी दुई मुख्य तथा ४२४ को १९ , २० , २१ , २३ , २४ , २५ , २६ , २७ , २८ , ३० , ३१ , ३२ र  ३९ , ४२५ को १९ , ४२७ को १०, ११ , १२ , २१ , २३ , २४ र ३७ , ४३६ को १,४१६ को १३ , १४ , १५ र  १८ ,४१८ को १ , ३ , ४ , ६ , ७ , ११ र  १५ , ४२० को ६ , ८ र १० तथा ४२३ को ४ नम्बरको गरी ३७ वटा साना सीमास्तम्भ जीर्ण अवस्थमा भेटिएका हुन्।

समयमा मर्मत सम्भार हुन नसकी टुटेका, भत्किएका, जङगली हात्तीले उखेलेका र खोलामा आएको बाढीले बगाएर छाडेका अवस्थामा ३९ वटा सीमास्तम्भ जीर्ण अवस्थामा भेटिएको सशस्त्र प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।

जिल्लाका सुरक्षा प्रमुख  बेखबर

पर्सामा पछिल्लो समय थप सीमास्तम्भ हराएको विषयमा भने जिल्लाका सुरक्षा प्रमुख भने बेखबर छन्। नेपाल भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भका बारेमा सम्बन्धित क्षेत्रका सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट (बिओपी ) र बेस क्याम्पका टोलीले प्रत्येक महिना स्थलगत निरीक्षण गरेर त्यसको लिखित जानकारी  सशस्त्र प्रहरी बल सीमा सुरक्षा १३ नम्बर गणमा गराउँदै आएका छन्।सशस्त्र प्रहरी गणका प्रमुखले पनि त्यो जानकारी जिल्ला प्रशासन कार्यालय र आफनो माथिल्लो निकायमा गराउने गरेका छन्।

तर, पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले भने पछिल्लो पटक थप सीमास्तम्भ हराएको बारेमा आफूलाई कुनै जानकारी नआएको प्रतिक्रिया दिए। गत बैशाखमा वीरगन्जमा दुवै देशका अधिकारीबीच बैठक बसेको थियो, त्यो बैठकमा एक सय नौ  सीमास्तम्भ हराएको विषयमा छलफल भएको थियो, प्रमुख जिल्ला अधिकारी पौडेलले भने, 'तर पछिल्लो समय थप सीमास्तम्भ हराएको विषयमा मलाई कुनै जानकारी गराइएको छैन, अब म सम्बन्धित अधिकारीबाट यस बारेमा जानकारी लिन्छु। '

सशस्त्र प्रहरी बल सीमा सुरक्षा १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेमध्वज शाहले पनि एक सय नौ वटा सीमास्तम्भ हराएको पूरानो तथ्यांक मात्रै रहेको र थप ५५ वटा सीमास्तम्भ हराएको बारेमा भने आफूलाई पनि जानकारी नरहेको बताए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.