विलन्दुको तामाखानीबारे संभाव्यता अध्ययन हुन सकेन

विलन्दुको तामाखानीबारे संभाव्यता अध्ययन हुन सकेन

ओखलढुंगा : ओखलढुंगाको चम्पादेवी गाउँपालिकास्थित विलन्दुमा प्राचीन कालमा सुरुङ खनेर तामा लिकालिएका खानी तथा सुरुङको संभाव्यता अध्ययन हुन सकेको छैन्। तामा निकाल्न र युद्ध लड्दा जोगिएर एक ठाउँबाट अर्को ठाउँ जान खनिएका सुरुङ अहिले पुरिन थालेका छन्। तामा निकालिएकाले तामाखानीबारे संभाव्यता अध्ययन गर्न स्थानीयले माग गरेका छन्।

पूर्खाले लडाइँ लड्न र तामा निकाल्नका लागि प्रयोग गरेका सुरूङ संरक्षण नहुँदा पुरिने क्रम बढेको हो।यस्तै खानीगाउँमा रहेका तामाखानीका ३ वटा ठूला र अनगिन्ती साना सुरूङसमेत पुरिन थालेका छन्। साढे २ सय वर्ष अगाडि तामा निकाल्न प्रयोग गरिएका ती  सुरूङलाई संरक्षणमा कसैले चासो दिएका छैनन्।

खानीगाउँमा रहेका ठूला सुरूङ ३ किमिभन्दा बढी लामा रहेको स्थानीय बताउँछन्। सो गाउँको खानीखोला छेवैकै सुरूङमा भने एक सय मिटर भित्रसम्म पस्न सकिन्छ। पहरो खोपेर निहुरेर ओहोरदोहोर गर्न मिल्ने गरेर बनाइएका सुरूङको भित्रि भाग पुरिइसकेको छ।

सुरूङको एक सय मिटरभित्र छिरेपछि ठूलो पहिरो भेटिने स्थानीय शिक्षक बलराम फुयालले बताए । उनले भने, '७ वर्ष अगाडिसम्म सुरूङमा शैक्षिक भ्रमण गराउँदा धेरै भित्रसम्म जान सकिन्थ्यो ।'
 
अहिलेभन्दा ७ पुस्ता अगाडि अक्‍‍कलसिंह कार्कीले तत्कालीन शासकबाट धर्माधिकार लिएर यहाँको तामाखानी उत्खनन् गरेका थिए। 

अक्‍कलसिंहका बंश स्थानीय मीनकुमार कार्कीका अनुसार सुनकोसी र लिखुकोसीको भागले छेकिएको ओखलढुंगातर्फको भू-भागमा तत्कालीन समयमा तामा उत्खनन् गरिन्थ्यो। त्यसमध्येकै सबैभन्दा राम्रो तामा खानीगाउँमा पाइने गरेको स्थानीयको दावी छ। यसको संभाव्यता अध्ययन गरेर तामा खानी सञ्चालन गरे गाउँपालिका मात्रै होइन देशलाई नै फाइदा हुने कार्कीले बताए। 

अहिले यहाँको ऐतिहासिक तामाखानीको उत्खननका लागि संभाव्यता अध्ययन भएको छैन। स्थानीयले राज्यले संभाव्यता अध्ययन गरेर तामाखानी सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन्। ओखलढुंगामा विलन्दुका अतिरिक्त जन्तरखानी र कुइभीरमा समेत तामाखानीका सुरुङको अध्ययन हुन सकेको छैन। स्थानीय तहबाट अध्ययन गर्न नसकिने भएकाले सरकारले खानी सञ्चालनका लागि राष्ट्रियरुपमा अध्ययन गर्नुपर्ने चिसंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए। 

युद्धका सुरुङ पनि पुरिँदै 
तत्कालीन बाइसे-चौबीसे राज्य हुँदा विलन्दु गाउँको गढीडाँडामा भीम नामक राजाले राज्य चलाएको स्थानीय कहावत् छ। सोही ठाउँ नजिकै देवीटारमा रहेका प्रताप नामक राजासँग लडाईं लड्नका लागि भीमले निर्माण गरेका सुरूङ अहिले अलपत्र अवस्थामा छन्। 

गढीडाँडामा रहेको सुरूङ भीमलदुलोका रूपमा स्थानीय स्तरमा परिचित छ। अहिले सो सुरूङको अधिकांश भाग पुरिइसकेको छ। गढीडाँडाबाट ३ सय मिटर तल रहेको खोलाबाट सत्रुबाट जोगिँदै पानी ल्याउनका लागि उक्त सुरूङमार्ग प्रयोग गरिएको कुरा बाजेले सुनाएको स्थानीय बृद्धा केदारनाथ घिमिरले बताए।

लडाईंमा संकट आइपर्दा गढीडाँडाबाट २ किमि माथि विलन्दु गाउँको कुभिण्डे पाखामा लुक्नका लागि बनाइएको एउटा सुरूङ भने सुरक्षित छ। ५-६ जना अट्ने २० मिटर भित्रसम्म जान सकिन्छ । गढीडाँडामा रहेका युद्धका लागि तयार गरिएका अन्य संरचना समेत पुरिएका छन्। तत्कालीन समयमा निर्माण भएका भवनको भग्नावशेष अझै देख्न पाइन्छ।

विलन्दुका सुरूङले पर्यटकीय संभावना बोकेका भएपनि त्यसअनुरूपको पूर्वाधार विकास गरिएको छैन । ३ किमिभन्दा लामा तामाखानीका सुरूङ खानीगाउँबाट तीनतले डाँडासम्म फैलिएको स्थानीयको भनाइ छ। 

पुरिएका सुरूङलाई खुलाएर पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने हो भने जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य हुनसक्छ। 'सुरूङको थप अध्ययन गर्ने हो भने खानीगाउँको सुरूङको मुख तीनतले डाँडामा भेट्न सकिन्छ,' स्थानीय मिनकुमार घिमिरेले भने । यी सुरुङलाई पर्यटकीय पदमार्गका रुपमा विकास गर्न र तामाखानीको अध्ययन गर्न स्थानीयले माग गरेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.