आलु जोनमा ६ सय हेक्टर क्षेत्रफल समावेश

आलु जोनमा ६ सय हेक्टर क्षेत्रफल समावेश

विदुर : लामो समयदेखि आलुखेती गर्दै आएका नुवाकोटका किसान आलु जोन सञ्चालनसँगै खुसी भएका छन्। पहाडी संरचना रहेको नुवाकोटमा गत वर्षदेखि आलु जोने कार्यक्रम सुरु भएको हो।

यस कार्यक्रम अन्तर्गत नुवाकोटका सयौं किसानको ६ सय हेक्टर जमिन समेटिएको छ। नुवाकोटमा तरकारी र आलुको उत्पादन वृद्धिका लागि आर्थिक वर्ष २०७५/०७६ मा कुल पाँच करोड रुपैयाँ खर्च गर्ने योजना छ। नुवाकोटको पूर्वी भेगमा रहेका साविकका १० गाविस आलु भण्डारका रूपमा प्रख्यात छन्। नुवाकोटमा सञ्चालन भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई आलु र तरकारी जोन कार्यक्रमले जिल्लामा चालु आर्थिक वर्षका लागि पाँच करोडभन्दा बढी खर्चिने योजना रहेको तथ्यांक सार्वजनिक गरेको छ।

नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढी नगरपालिकाका, लिखु गाउँपालिका र तादी गाउँपालिका आलु उत्पादनका पकेट क्षेत्र हुन्।

कार्यालयले दिएकोे जानकारीअनुसार तरकारी जोनका लागि कुल दुई करोड ५१ लाख ८६ हजार रुपैयाँ बजेट छ। जिल्लामा तरकारी जोन कार्यक्रम गत आर्थिक वर्षबाट लागू भएको हो। गत आर्थिक वर्षमा ८५ लाख रुपैयाँ मात्र बजेट थियो। यस वर्ष बजेट वृद्धि भएको हो। तरकारी जोनले नुवाकोटका चारवटा गाउँपालिकालाई समेटेको छ।

कार्यक्रमका बारेमा जानकारी दिँदै परियोजनामा प्रमुख डा.कमलराज गैरेले चालु आवमा तरकारी उत्पादन वृद्धि गर्न कार्यक्रम सञ्चालन गरिने बताए। आलु जोनका लागि चालु आव नुवाकोटमा दुई करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

आलु जोनले जिल्लाको लिखु गाउँपालिका, पञ्चकन्या गाउँपालिका, ककनी गाउँपालिका र सूर्यगढी गाउँपालिकाको पाँच सय ८० हेक्टर क्षेत्रफल ओगटेको छ। आलु जोन कार्यक्रममा ४० कृषक समूह, २४ सहकारी, १३ उद्यमी र पाँच हजार पाँच सय २९ जना किसान आवद्ध भएको जोन प्रमुख डा.कमलराज गैरेले जानकारी दिए।

प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले मुलुकको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास र विस्तारमा ध्यान दिनुपर्ने बताए। उनले कृषि क्षेत्रको विकास र विस्तारले नै किसानको आयआर्जन वृद्धि हुने र यसले मुलुकको आर्थिक समृद्धिमा समेत टेवा दिने बताए। प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले आलु जोन कार्यक्रम जिल्लाभर लागू गर्नुपर्ने बताए। उनले कतैको किसानका लागि परियोजना सञ्चालन हुने कतै नहुनेले किसानलाई विभेद गरिएको देखिएकोले परियोजनाले जिल्लाका सबै क्षेत्र समेट्न आग्रह गरे।

कार्यक्रममा प्रदेशसभा सदस्य बद्री मैनालीले किसानको समृद्धि नै मुलुकको समृद्धि भएकाले परियोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढी नगरपालिकाका, लिखु गाउँपालिका र तादी गाउँपालिका आलु उत्पादनका पकेट क्षेत्र हुन्। नुवाकोटमा उत्पादन भएको आलु खरिद गर्न काठमाडौं, तनहुँ, चितवन, पोखरा, बुटवलका व्यापारी पुग्ने गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.