प्रदेश सरकारको निर्देशनमा नदीजन्य सामाग्री उत्खनन सुुरु

प्रदेश सरकारको निर्देशनमा नदीजन्य सामाग्री उत्खनन सुुरु

 सिन्धुुली : प्रदेश ३ को निर्देशन अनुुसार सिन्धुुलीका स्थानीय तहले नदीजन्य सामाग्री उत्खनन सुुरु गरेका छन् । जिल्लाको कमलामाई नगरपालिका र दुुधौली नगरपालिकाले प्रदेश सरकारले निर्णय गरेअनुुसार कर लिने गरी नदीजन्य सामग्री उत्खनन तथा संकलन थालेको जनाएका हुुन् ।

कमलामाईका मेयर खड्गबहादुर खत्रीले लामो समयदेखि रोकिएको नदीजन्य सामग्री उत्खननका लागि अनुुमति दिइएको र त्यसबापत प्रदेशकै निर्देशन अनुुसार निकासी कर लिने जानकारी दिए । प्रदेशले नदीजन्य सामाग्रीको उत्खनन र निकासीका लागि प्रतिघनमिटर तीन सय १७ रुपैयाँ निर्धारण गरेको र सोही अनुुसारको कर नगरमा कायम गरिएको जानकारी सञ्चारकर्मीलाई दिए । उनका अनुुसार असोज १ गते सोमबारबाट लागुु हुुने गरी नदीबाट निकासी गरिने ढुुंगा, गिट्टी, बालुुवा र रोडा ढुुवानी गर्ने व्यवसायीसँग प्रतिघनमिटर ३ सय १७ रुपैयाँका दरले नगरले कर संकलन गर्नेछ ।

विवाद हुुँदा लामो समयदेखि नदीजन्य सामाग्री उत्खनन तथा संकलनको काम रोकिएको थियो । ‘तर, प्रदेश सरकारले हालैमात्र निर्णय गरी नदीजन्य सामाग्री उत्खननका लागि कर निर्धारण गरेपछि दुवै नगरले एकैपटक नदीजन्य सामाग्री निकासीका लागि सूचना जारी गरी टेण्डरमार्फत कर संकलन थालिएको हो’, खत्रीले भने । कमलामाई नगरपालिकाले नगरभित्रको ग्वाङ खोला, मरिण खोलाको केही भाग तथा कमला नदीको केही भागबाट उत्खनन गर्न पाउने छ । दुुधौली नगरले भने कमला नदी र चँदा तथा अरुण र ककुुर खोलाबाट उत्खनन गर्न पाउने छ । यी नदीका केही भाग चुरे क्षेत्रमा पर्छन् ।

स्थानीय तहले प्रदेश सरकारको निर्देशन भन्दै संघीय सरकारले नै यसअघि चुरे क्षेत्रको संरक्षणका लागि भन्दै उत्खननका लागि रोक लगाएकै स्थानमा पनि खुल्ला गरेको छ । यसरी यस्ता नदी तथा खोलाबाट निकासी गरिएका नदीजन्य सामाग्रीको कर ६० प्रतिशतमात्रै आफूहरूले प्रयोग गर्न पाउने खत्रीको भनाइ छ । उनले भने, ‘हामीले यसरी संकलन गरिएको नदीजन्य सामाग्रीको कर ६० प्रतिशतमात्र प्रयोग गर्न पाउनेछौं । बाँकी प्रदेश सरकारलाई उपलब्ध गराउनु पर्ने हुुन्छ ।’ सञ्चारकर्मीसँगको छलफलमा मेयर खत्रीले नगरले चर्को कर उठाएको भन्ने हल्लामात्र भएको स्पष्ट पार्दै नगरले करको दायरमा मात्र वृद्धि गरेको बताए ।

खत्रीले हालैमात्र नगरले लगाएको आन्तरिक निकासी कर संकलनका लागि बसेका ठेकेदारलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हरेक दिन दुुःख दिएको गुुनासो गरेका छन् । आन्तरिक निकासी कर संकलनका लागि नगरसँग ठेकेदार सरोज विश्वकर्माले रकम साकार गरे अनुसार नगरले निर्धारण गरेअनुसार कर संकलन गर्दा पनि सिन्धुुलीका प्रहरी प्रमुुख रामेश्वर यादवले कर संकलन नगर्न भन्दै दुुई पटकसम्म नियन्त्रणमा लिएका थिए । निकासी कर संकलनका लागि प्रहरीले गरेको असहयोगका बारेमा उनले थपे, ‘नगरले नियमसंगत रूपमा लिएको निकासी करमा प्रहरीलाई किन टाउको दुुःखाइ बनेको ? ’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.