धादिङमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, दुई घाइते

धादिङमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, दुई घाइते

धादिङ : पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका- ७ दुबेखोलामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।  खानीखोलाबाट गजुरीतर्फ जाँदै गरेको बा ७९ प ७२६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका ३ जनामध्ये एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

मृत्यु हुनेमा धुनीबेंसी नगरपालिका निवासी १८ वर्षीय अनिल लामा रहेका छन्। त्यस्तै धुनिबेंसी-८ बस्ने १७ वर्षीय सौगात खड्का र १९ वर्षीय सुमन श्रेष्ठलाई थप उपचारका लागि काठमाडौं पठाइएको खानीखोला प्रहरीले जानकारी दिएको छ। 

नयँ मुलुकी अपराधसंहिता तथा यातायात व्यवस्था ऐनमा भएको सजाय पुनरावलोकनको माग गर्दै गत मंगलबारदेखि चालकले देशव्यापी हडतालले सवारी साधन ठप्प हुँदा उनीहरु मोटरसाइकलमा चढेका थिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.