`पैतालाका डोबहरू´ बजारमा

`पैतालाका डोबहरू´ बजारमा

काठमाडौं : युवा मुक्तककार ऋषि बरालको मुक्तक संग्रह `पैतालाका डोबहरू´ सार्वजनिक भएको छ। मिडिया इन्टरनेसनलमा बुधबार मुक्तक संग्रह लोकार्पण भएको हो।

नेपाल मुक्तक प्रतिष्ठानले बजारमा ल्याएको उक्त कृतिमा २१६ मुक्तक संग्रहित छन्। मुक्तकहरूमा प्रेम विछोडको भाव, देशप्रेम, मानवीय चिन्तन, सामाजिक यथार्थ, सामाजिक विकृति र विसंगति, विदेशिनुको बाध्यता लगायतका विषय समेटिएका छन्।

प्रमुख अतिथि वरिष्ठ गीतकार रत्नशम्शेर थापाले बरालका मुक्तकमा युगको आवाज भएको टिप्पणी गरे। बरालका मुक्तकमा प्रकृति, देश र मानवीय भावना प्रखर रुपमा आफूले पाएको भन्दै उनले कृतिकारको प्रशंशा गरे।

चर्चित गीतकार/मुक्तककार रमेश पौडेलले कृतिमा मन छुने मुक्तकहरू रहेको बताए। 'मुक्तकहरू साच्चिँकै मुक्तक बनेका छन्। पाना पल्टाएर जहाँ पढे पनि मन छुने सुन्दर मुक्तक मात्र भेटिन्छन्', उनले भने।

मुक्तककार बरालले मुक्तकलेखनका क्रमका आफ्ना अनुभव, भोगाइ र प्रकाशनको यात्रासम्मका अनुभूतिहरू सुनाउँदै  मुक्तक वाचन गरेर सुनाए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.