आठ करोड लगानीमा सपिङ कम्प्लेक्स

आठ करोड लगानीमा सपिङ कम्प्लेक्स

भक्तपुर : भक्तपुरका ६ जना व्यवसायीले आठ करोड लगानीमा सपिङ कम्प्लेक्स सञ्चालनमा ल्याउने भएका छन्। भक्तपुर नगरपालिका १ सल्लाघारीमा पाँच हजार वर्गमिटर क्षेत्रफलको ६ तले भवन निर्माण गरी सल्लाघारी सपिङ कम्प्लेक्स सञ्चालनमा ल्याइने भएको हो।

कम्प्लेक्स सञ्चालक समितिले बुधबार पत्रकार सम्मेलन गरी असोज ६ गतेबाट कम्प्लेक्स सञ्चालनमा ल्याइने जानकारी दिएको हो। 

सञ्चालक समितिका अध्यक्ष कृष्णगोविन्द खाइजूले ६ तले भवनको भूइँ तलामा २३ वटा र पहिलो तलामा १७ वटा पसल कवलको व्यवस्था गरिएको बताए। त्यस्तै दोस्रो तलामा बैंक तथा वित्तीय संस्था, तेस्रो तलामा कम्प्लेक्स कार्यालय र कन्सल्टेन्ट, चौथो तलामा रेस्टुरेन्ट र रुफटप कफी सप हुने उनले जानकारी दिए। ‘भवनको अन्डरग्राउन्डमा पार्किङको व्यवस्था गरिएको छ’, अध्यक्ष खाइजूले भने, ‘बेसमेन्टमा मिनी मार्टसँगै चिया तथा खाजा पसल रहनेछन्।’

अध्यक्ष खाइजूसँगै तीर्थमान दुमरु, तुलसीनारायण दुमरु, राधेश्याम सुवाल, रत्नलाल साँध र पुण्यराम शिवहरि मिलेर दुुई रोपनी ६ आना क्षेत्रफलमा उक्त सपिङ कम्प्लेक्स निर्माण गरेका हुन्। दुईवटा भवन जोडेर एल आकारमा निर्माण गरिएको भवनमा लिफ्टको समेत व्यवस्था छ। त्यस्तै सर्वसाधारणलाई आवतजावतमा सुविधा दिन दुइटै भवनमा भर्‍याङको व्यवस्था गरिएको छ।

सञ्चालक राधेश्याम सुवालले भवनमा कार्यकक्षबाट सबै कन्ट्रोल हुने गरी साउन्ड सिस्टम र सीसीटीभी क्यामेरा जडान गरिएको जानकारी दिए। 

भक्तपुरबाट पुरानो ठिमी, चाँगुनारायण नपाको वडा नं १, २, ३, ४ र नगरकोट जाने सडकको चौबाटोमै कम्प्लेक्स सञ्चालनमा ल्याउन लागिएको हो। समितिले कम्प्लेक्समा किनमेल गर्न आउने सर्वसाधारणका लागि करिब चार लाख रुपैयाँको उपहार योजनाको व्यवस्था गरेको उनले बताए।

उनका अनुसार एक हजार रुपैयाँको सामान किनमेल गरेपछि एउटा उपहार कुपन प्रदान गरिनेछ। कुपनबाट लकी ड्र गरी यामाहा कम्पनीको स्कुटर पहिलो उपहारको रूपमा प्रदान गरिने उनी बताउँछन्। कम्प्लेक्सका सम्पूर्ण पसल कवलमा भाडा लागिसकेको अर्का सञ्चालक तीर्थमान दुमरुले जानकारी दिए। त्यस्तै रुफटपसहित रेस्टुरेन्टका लागि पनि सम्झौता भइसकेको उनको भनाइ थियो।

त्यस्तै तेस्रो तलामा जनहित बहुउद्देश्यीय उपभोक्ता सहकारी संस्थाले कार्यालय सञ्चालनमा ल्याइसकेको उनले बताए। कम्प्लेक्समा करिब एक सय ५० स्थानीयले रोजगारी पाउने सञ्चालकको दाबी छ।

स्थानीय क्षेत्रमा बजार प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्दै सर्वसाधारणलाई एकै थलोबाट सबै वस्तु उपलब्ध गराउने उद्देश्यले कम्प्लेक्स सञ्चालनमा ल्याइएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.