वीरगन्ज नाकाबाट इन्धन आपूर्ति सहज

वीरगन्ज नाकाबाट इन्धन आपूर्ति सहज

वीरगन्ज : चालकको हड्तालका कारण वीरगन्ज नाकामा चार दिनदेखि रोकिएको इन्धन ढुवानी शुक्रबार साँझदेखि सुचारु भएको छ। आन्दोलनरत नेपाल स्वतन्त्र यातायात मजदुर संघर्ष समिति र सरकारबीच आठ बुँदे सहमति भएसँगै हड्तालमा रहेका चालक काममा फर्किएका हुन्। 

भारतको रक्सौलमा रहेको इण्डियन आयल कर्पोरेशन (आइओसी) को डिपोबाट पेट्रोल, डिजेल भरेर शुक्रबार साँझ साढे ६ बजेसम्म ११ वटा ट्यांकर वीरगन्ज नाका हुँदै नेपाल भित्रिएका छन्।

निगमका क्षेत्रीय प्रबन्धक जगदीशचन्द्र यादवका अनुसार शुक्रबार साँँझदेखि एलपी ग्याँस बोकेका बुलेट पनि वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गरेका छन्। 

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले शुक्रबार साँझसम्म पेट्रोलियम पदार्थ बोकेका ११ वटा ट्यांकर र ग्यासका केही बुलेट वीरगन्ज नाका हँुदै नेपाल प्रवेश गरेको जानकारी दिए।

शनिबार बिहानदेखि साविककै परिमाणमा इन्धनको आयात हुने क्षेत्रीय प्रबन्धक यादवको भनाइ छ। ‘शनिवार बिहानसम्म ट्यांकर र बुलेटका सबै चालक आइपुग्छन्’, उनले भने, ‘त्यसपछि आपूर्ति सहज हुन्छ।’ 

चार दिनदेखि इन्धन आयात हुन नसक्दा वीरगन्ज, राजधानीसहित देशका मुख्य सहरमा पेट्रोल, डिजेल र ग्याँसको अभाव भएको छ। नेपालका लागि चाहिने कुल इन्धनको ९० प्रतिशत हिस्सा, वीरगन्ज नाकाबाट नै भित्रिने गरेको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.