वृद्ध विद्यार्थी : उच्च शिक्षा अध्ययन गर्ने धोकाे

वृद्ध विद्यार्थी : उच्च शिक्षा अध्ययन गर्ने धोकाे

 गौर : गरिबी कारण हातमुख जोर्न धौधौ पर्ने रौतहटमा मुसहरको अवस्था सधैं उस्तै छ। खान लाउन समस्या हुने उनीहरूको जीवनमा शिक्षा र स्वास्थ्यको ख्याल गर्नु त टाढाको कुरा हो। तर, जति नै अभावमा घेरिए पनि मनमा दृढ इच्छाशक्ति हुने हो भने पनि अगाडि बढ्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, रौतहटका एक वृद्ध मुसहर।

जिल्लाको चन्द्रपुर नगरपालिकाको चन्द्रपुर चोकबाट करिब नौ किलोमिटर दक्षिणपूर्वमा बडेर्वा गाउँँ छ। उक्त गाउँँमा करिब ५० भन्दा बढी मुसहर परिवारको बसोबास छ। उक्त गाउँँ चन्द्रपुर नगरपालिका वडा नं १० मा पर्छ।

उक्त बस्तीमा एसएलसी पास गरेका कोही छैनन्। धेरै पढ्नेमा ५९ बर्से अकलु माझी छन्। उनी ४९ वर्षको उमेरमा कक्षा १ मा भर्ना भएका थिए। उनी अहिले ५९ वर्षको उमेर पुग्दा कक्षा १० मा अध्ययनरत छन्। अकलु अन्य विधार्थीझैं दिनहुँ विधालय जान्छन्। विद्यालय गाउँँदेखि दुई किलोमिटरको दूरीमा पर्छ। विधालयमा उनी नियमित आउने विधार्थीमध्ये पर्छन्।

गरिबीको चपेटामा परेका उनले सानोमा पढ्न पाएनन्। त्यसबेला गाउँँमा विधालयसमेत थिएन। उमेरमा पढ्न नपाए पनि उनी ४९ वर्षको उमेरमा गाउँँकै श्री प्राविमा कक्षा १ मा भर्ना भए।अकलु विद्यालय जान थालेपछि मुसहर टोलका अन्य मानिस अचम्ममा परेका थिए।

बूढेसकालमा अकलुले तमासा देखायो भन्नेहरू पनि थिए, घरकै सदस्यले पनि विद्यालय नगए हुने भन्थे। तर, उनको पढाइप्रतिको इच्छा मरेन। गाउँको प्राथमिक विद्यालयमा ५ कक्षासम्म पढेपछि उनी डुमरिया बजारको माविमा गए हाल उनी त्यहीँ कक्षा १० मा पढ्दै छन्। अहिले उनी अन्य विद्यार्थीझैं पोसाकमा ठाँटिएर साइकल चलाउँदै पढ्न जान्छन्।

४९ वर्षदेखि पढ्न थालेका अकलु माझी ५९ वर्षको उमेर पुग्दा कक्षा १० मा अध्ययनरत छन् ।

नातिनातिना समानका उनका साथीहरू छन्। नबुझेका कुरा तिनै साथीसँग सोध्छन्। कक्षा ९ पढ्ने नातिनी सीमासँगै उनी विद्यालय आउजाउ गर्छन्। विभिन्न सामाजिक संस्थामा आबद्ध उनी विद्यालय जान नभ्याएको दिन घरमै पढ्छन्। उनले आफूले पढ्नुको उद्देश्य प्रस्ट पार्दै भने, ‘मुसहर जातिमा पढ्नुपर्छ भन्ने सन्देश दिन चाहन्छु।’ अकलुले थपे, ‘शिक्षाबाट मुसहर समुदाय निकै टाढा छन्, अरूलाई पनि शिक्षामा मुसहर समुदायलाई अगाडि ल्याउने मेरो सोच छ।’ उनले उच्चशिक्षा अध्ययन गर्ने इच्छा रहेको पनि बताए। भने, ‘सकुन्जेल पढ्छु।’

उनी विद्यालय जान थालेसँगै बस्तीका अन्यले पनि छोराछोरीलाई विद्यालय पठाउन थालेका छन्। अकलुको पढाइप्रतिको लगाव देखेर डुमरिया माविका शिक्षकहरूसमेत अचम्ममा परेका छन्। उनी असल र अनुशासित विधार्थी रहेको शिक्षक सागर कुशवाहले बताए। विद्यालयले उनलाई सित्तैमा किताब सहयोग गरेको छ। डुमरिया माविका प्रधानाध्यापक राजेशकुमार चौधरीले अकुल सबैको प्रेरणाका पात्र बनेका बताए। सुरुसुरुमा नाति नातिनासँग विद्यालय जाँदा भने कही असहज भए पनि पछि रमाइलो लाग्दै गएको अकुलले अनुभव सुनाए।

जिल्लामा करिब २० हजार मुसहर जाति भए पनि जम्मा ५१ जनाले मात्रै एसएलसीसम्मको परीक्षा उतीर्ण गरेका छन्। जिल्लामा तीन हजारभन्दा बढी मुसहर बालबालिका अझै विद्यालय बाहिर रहेका मुसहर जातिका अगुवाहरू बताउँछन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.