साना–ठूला गाडीको छुट्टै रुट

साना–ठूला गाडीको छुट्टै रुट

काठमाडौं : उपत्यकाको सवारी जामलाई कम गर्न यातायात व्यवस्था विभागले साना र ठुला गाडी गुडाउन छुट्टाछुट्टै रुट दिने तयारी गरेको छ। सिण्डिकेट खारेजपछि सार्वजनिक सवारी व्यवस्थापन गर्न विभागले दसै‌ंलगत्तै रूट छुट्याउने भएको हो ।

उपत्यकामा ठूला तथा साना गरी दैनिक १२ लाख सवारी गुड्ने गर्छन्। विभागले सडकको जामलाई व्यवस्थित गर्न र सवारी प्रदूषण नियन्त्रण गर्न सवारी रुट व्यवस्थापन थालेको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए। पहिले उपत्यका र त्यसपछि देशका ठूला सहरमा क्रमशः ठूला र साना गाडी गुड्न फरक÷फरक रूट दिइने उपाध्यायले बताए।

सिण्डीकेटले जथभावी रकम लिएकै भरमा रुट दिइएका र साना सडकमा समेत ठूला सवारी गुड्ने अनुमति दिएकाले सडक पूरै जाम हुने गरेको छ। सडकको क्षमताभन्दा ठूलो आकारको ध्रुववाराही यातायातलाई कपनको तेन्जिङ चोकदेखि सुकेधाराहुँदै गुड्ने अनुमति दिँदा प्रत्येक समय जाम हुने गरेको स्थानीय विनोद गुरुङको आरोप छ ।

उपत्यकाबासी ट्राफिक जामको समस्या दैनिक भाग्न बाध्य छन्। पछिल्लो वर्षदेखि उपत्यकामा थपिएका ठुला बसलाई चक्रपथ परिक्रमा गराउने र साना गाडीलाई भित्री रुटमा राख्ने तयारी थालेको हो। जामकै कारण सवारीले गुड्नभन्दा बढी वायू प्रदूषण बढाउने गरेको अध्ययनहरूले देखाएका छन्। साउन १ गतेदेखि विभागले प्रदूषित सवारीलाई गुड्न नपाउने गरी कानुनी व्यवस्था गरेको छ। यसको प्रभावकारी अनुगमन गरी वायू प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसमेत राखी रुट व्यवस्थापन गर्न लागेको विभागको भनाइ छ ।

उपत्यकामा ठूला तथा साना गरी दैनिक १२ लाख सवारी गुड्ने गर्छन्।

उपत्यका र ठूला सहरमा रुटलाई व्यवस्थित गर्न नसक्दा जाम बढेर यात्रुले सास्ती खेप्न बाध्य भएको भन्दै तत्काल सडकको क्षमता र लम्बाई अनुसार रुटलाई पुन व्यवस्थापन गर्नु पर्ने यात्रुले माग गरेपछि विभागले काम अघि बढाएको हो। अब गाडीको क्षमता, सडकको क्षमता, लम्बाई हेरेर रूट दिने तयारी गरेको विभागको भनाइ छ। विभाग यतिबेला पुरानो रूट परमिटलाई खारेज गरी नयाँ दिने तयारीमा छ। चक्रपथ परिक्रमा गर्ने सार्वजनिक सवारी समेत ठूला साना एकै ठाउँ गुड्नाले एक घण्टासम्म जाम हुने गरेको छ ।

कोटेश्वर, गौशाला, चाबहिल, नारायणगोपाल चोक, कलंकी, सातदोबाटो र भित्री रुटका चोकमा घन्टौं जाम हुने गरेको छ। जाममा रोकिनु पर्दा चालु अवस्थामा रहने हजारौं सवारीमा हुने इन्धन खपतमा करोडौंको खर्च हुने गरेको राष्ट्रिय योजना आयोगको एक अध्ययनले देखाएको छ। विभागले रुट व्यवस्थापनपछि ६० प्रतिशत ट्राफिक व्यवस्थापन हुने लक्ष्य राखेको छ। विभागले अहिले काठमाडौं उपत्यकाभित्र ६६ वटा रूट तय गरेको छ। अब विभागले छुट्याएको रुटबाहेकका सडकमा सार्वजनिक यातायात गुड्न पाउने छैनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.