नूरप्रसादद्वारा इजलासमै वितण्डा

नूरप्रसादद्वारा इजलासमै वितण्डा

ललितपुर : गोरखा फुजेलका नुरप्रसाद अधिकारीले मुद्दाको विषयलाई लिएर उच्च अदालत पाटनको इजलासमै विध्वंश मच्चाएपछि न्यायिक प्रहरीले पक्राउ गरी ललितपुर प्रहरी परिसरको जिम्मा लगाएको छ। अर्कैको मुद्दामा वारेश रहेका अधिकारीले जग्गा किचलो, घर बहाल र निषेधाज्ञासम्बन्धी मुद्दामा आफ्नो पक्षलाई हराएको भन्दै कुर्सी उठाएर इजलासमा प्रहार गरेका थिए।

इजलास अधिकृत रोचन बस्नेतलाई ताकेर हानेको कुर्सी सिधै इजलासको झ्यालमा ठोक्किँदा सिसा फुटेका छन्। अधिकारीको रिस अझैं थामिएन। न्यायाधीशको इजलासमा रहेका दराज र पुस्तक र्‍याकसमेत लात्ताले हानेर छरपस्ट पारे। ति मुद्दामा न्यायाधीश रमेश पोखरेल र शेखर पौडेलको संयुक्त इजलासले जिल्लाकै सुरु फैसला सदर गरेको थियो।

‘अधिकारीले उपद्रव मच्चाएका मात्र होइनन्, न्यायाधीशलाई पनि सिध्याउने धम्की दिँदै इजलासमै कुर्सी हानेछन्। श्रीमानहरू चेम्बरमा गइसकेको हुनाले धन्न केही हुन पाएन। इजलास अधिकृत पनि बालबाल जोगिनुभयो’, उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालले अन्नपूर्णसँग भने, ‘कुर्सीले इजलास अधिकृतलाई लागेको भए अप्रिय हुनसक्ने स्थिति थियो। यस्तो वितण्डा मच्चाएपछि प्रहरीलाई खबर गरेर जिम्मा लगाएका हौं।’ अधिकारी गोरखा फुजेलका नन्दप्रसाद र गंगामाया अधिकारीका जेठो छोरा हुन्। अधिकारी दम्पत्ति छोरा कृष्णप्रसादको हत्यारालाई कारवाहीको माग राखेर लामो समय अनशनमा बसेका थिए।

दाहालका अनुसार अधिकारी मुद्दाका एक पक्ष विन्दु घतानीका वारेश हुन्। घतानी र जानुका सुनारसमेत भएको घरखाली गरी बहाल भराउने मुद्दा, दुषित करार बदर, निषेधाज्ञासम्बन्धी मुद्दामा सुनारको पक्षमा जिल्ला अदालतको फैसला उच्चबाट सदर भएपछि अधिकारी आक्रमणमा उत्रेका हुन्। ति मुद्दा २०७३ माघदेखि उच्च अदालत पाटनमा चल्दै आएका थिए। अधिकारीलाई प्रहरीले ज्यान मार्ने उद्योग, सरकारी सम्पत्ति हिनामिना, आपराधिक उपद्रव र अदालतको अवहेलना गरी चारवटा मुद्दा चलाउने तयारी गरेको छ।

महानगरीय प्रहरी परिसर जाउलाखेलका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले अधिकारीद्वारा इजलासमा संलग्न न्यायधीशलाई मेच उचालेर हानेको तर न्यायाधिश जोगिएको बताए।

‘इजलास अधिकृत सामान्य घाइते हुनुभएको छ। मेचले लागेको भए त ज्यानै जानसक्थ्यो’, चन्दले जानकारी दिँदै भने। उनले इजलासमा आक्रमण गर्दा कुर्सी, कप्युटर, मेच टेवल, दराज, झ्याल तोडफोड भएको बताए। अधिकारीलाई ललितपुर जिल्ला अदालतबाट सात दिने थुना म्याद थपेर अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.