राष्ट्रसंघमा मन्डेलाको स्मरण

राष्ट्रसंघमा मन्डेलाको स्मरण

विश्व शान्तिमा विशेषभूमिका निर्वाह गरेका नेल्सन मन्डेलालाई संयुक्त राष्ट्रसंघको ७३औं महासभाले स्मरण गरेको छ। उनको सयौं जन्मोत्सवलाई स्मरण गर्दै विश्वका नेताहरूले विश्व शान्तिमा जोड दिए।

नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्डेलालाई स्मरण गर्दै अशान्तिले मुलुकलाई कति पिरोलेको हुन्छ भन्ने विषयमा नेपालले अनुभव गरिसकेको बताए। जुत्ता नमिल्दाको दुखाई खुट्टालाई कति हुन्छ भन्ने विषय नेपालले अनुभव गरिसकेको छ उनले भने।

‘नेल्सन मन्डेला शान्ति सम्मेलन’ मा प्रधानमन्त्री केपी ओली सहभागी हुने भनिए पनि अन्तिम समयमा परराष्ट्रमन्त्री ज्ञवालीले सम्बोधन गरेका हुन्। प्रधानमन्त्रीले साइडलाइन भेटवार्तामा ब्यस्त हुने भएपछि ज्ञवालीले मन्डेलाको स्मरणमा राष्ट्रसंघले आयोजना गरेको कार्यक्रममा सहभागी भएका हुन्।

अफ्रिकी महादेशको उल्लेख्य उपस्थिति रहेको सम्मेलनमा नेपाली अधिकारीले सााइडलाइन भेटवार्ता समेत गरेका छन्। प्रधानमन्त्रीले ओलीले नेपालको राष्ट्रसंघीय नियोग अवलोकन गरे।

राष्ट्र संघको ७३औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार बिहान प्रधानमन्त्री ओली न्यूयोर्क आएका हुन्। न्यूयोर्कस्थित जोन अफ केनेडी विमानस्थलमा प्रधानमन्त्री ओलीलाई अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुनकुमार कार्की, संयुक्त राष्ट्र संघका लागि नेपालका कार्यवाहक स्थायी प्रतिनिधि निर्मलराज काफ्ले, नियोगका कर्मचारी र प्रवासी नेपालीले स्वागत गरेका थिए।

राष्ट्रसंघको पुनर्संरचना बारे बहस भइरहेको अवस्थामा नेपालले कार्यकारी प्रमुखकै स्तरमा सहभागिता जनाउने गरेको छ। सबैका लागि समान राष्ट्रसंघ अहिलेको आवश्यकतामा बढी केन्द्रित रहने महासभामा समान ब्यवहार र सदस्यको सम्मानमा उच्चस्तरीय छलफल हुनेछ। महासभामा आएका प्रधानमन्त्री ओलीले बिहीबार महासभामा सम्बोधन गर्नेछन्। प्रधानमन्त्री ओलीको पालो ७१ मुलुकका राष्ट्र एवं सरकार प्रमुखको सम्बोधनपछि छ। उच्च स्तरीय सम्बोधनको श्रृखला मंगलबारदेखि आरम्भ हुनेछ। यद्यपी महासभाको आरम्भ गत मंगलबारबाटै सुरु भइसकेको छ। उनी अमेरिकी राष्ट्रपति डोनालल्ड ट्रम्पले दिने भोजमा सहभागी हुन भ्याउने गरी दुई दिन छिटो अमेरिका आएका हुन्। ट्रम्पसँग अन्तरंग छलफल गर्न नपाउने भए पनि उनले भोजमा नै ट्रम्पसँग संक्षिप्त कुराकानी गर्ने र फोटो खिचाउने छन्।

उद्घाटनको अघिल्लो दिन ट्रम्प समारोहमा सहभागी हुनेछन्। अमेरिकाले विश्वका नेतालाई स्वागत गर्नेछन् भने ब्राजिलले पहिलो भाषण गर्नेछ। पछिल्लो समय राष्ट्रसंघको प्रभाव कम भएको र यसले विश्व शान्तिमा न्याय गर्न नसकेको आवाज आइरहेका बेला सम्मेलनले यसलाई कसरी चुस्त बनाउने भन्नेमा नै बढी जोड दिनेछ।

प्रधानमन्त्री ओलीले सम्बोधनको केही घण्टा अघि राष्ट्रसंघका महासचिव एन्टिोनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। भेटवार्तामा नेपालले राष्ट्रसंघको विश्व शान्तिमा पुर्‍याएको योगदान र नेपालको विकास प्रक्रियामा राष्ट्रसंघले दिँदै आइएको सहयोगको बारेमा छलफल हुनेछ। नेपालको राजनीतिक कार्यालय (डीपीए) बन्द भएपछि राष्ट्रसंघसँग नेपालको सम्बन्ध खासै राम्रो नभएका बेला हुन लागेको भेट महत्वपूर्ण मानिएको छ।

उनले एसियन डाइलगमा धारणा राख्ने र अन्तत्र्रिmया गर्ने छन्। अघिल्लो वर्ष तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई सम्बोधन गरेका थिए। यो वर्ष मलेसियाका प्रधानमन्त्री मोहम्मद माथिर, सिंगापुर र अन्य मुलुकका प्रतिनिधिमण्डल प्रमुखले सम्बोधन गर्ने उक्त फोरममा उनले पनि सम्बोधन गर्न लागेका हुन्। मुलुकभित्रको समस्यालाई पछिल्लो समय वेवास्ता गर्दै प्रधानमन्त्री न्यूयोर्क आएकोमा आलोचना भइरहँदा उनी यहाँको कार्यक्रम सकेर मध्य अमेरिकी मुलुक कोस्टारिक समेत जानेछन्। राजदूत कार्कीकै पहलमा प्रधानमन्त्री कोस्टारिका पुग्ने छन्। कार्की कोस्टारिकाका लागि गैरआवासिय राजदुत हुन्। राजनीतिक संक्रमणकालको कारण ७० औं र ७१ औं महासभामा नेपालका तर्फबाट प्रधानमन्त्रीस्तरमा भ्रमण भएको थिएन।

नेपालले संयुक्त राष्ट्र संघको सन् १९५५ मा सदस्यता लिएपछि महासभामा निरन्तर सहभागिता जनाउँदै आएको छ। नेपालको तर्फबाट प्रधानमन्त्रीको हैसियतले सबैभन्दा पहिले सन् १९६० को महासभालाई तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाले सम्बोधन गरेका थिए।

यसैबीच प्रधानमन्त्री ओलीले क्यानेडियन समकक्षी जस्टिन टुडेउसँग भेटवार्ता गरेका छन्। परराष्ट्रमन्त्री ज्ञवालीले सोमबार भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.