पप्पु कन्स्ट्रक्सनका सञ्चालकलाई पक्राउ गर्न प्रहरी परिचालन

पप्पु कन्स्ट्रक्सनका सञ्चालकलाई पक्राउ गर्न प्रहरी परिचालन

रौतहट : रौतहटमा भएको डुंगा दुर्घटना हुँदा दुर्घटनाको मुख्य कारण समयमा नै पुल निर्माण नहुनु रहेको भन्दै पुल बनाउने जिम्मा लिएको ठेकदार कम्पनीमाथि उजुरी परेको थियो । 

उजुरीपछि कम्पनीका ठेकेदारलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।

गएको भदौ ९ गते गौर नगरपालिका–४ स्थित टिकुलीया घाटमा भएको डुंगा दुर्घट्नाको कारण समयमा पुल निर्माण नहुनु रहको भनी पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले यस अघि रौनियारलाई सम्पर्कमा आउन गर्न पत्राचार गरेपनि अटेर गरेपछि अदालतको आदेश लिएर पक्राउ पुर्जी जारी गरिएको प्रहरीको भनाइ छ  रौतहटका प्रहरी प्रमुख एसपी केदार ढकालले गौरको टिकुलीया घाटमा भएको डुंगा दुर्घटनाका बिषयमा केही कुरा बुझ्न भनी बोलाउँदा अटेर गरेकाले पक्राउ पुर्जी जारी गरिएको जानकारी बताए । 

रौनियारलाई पक्राउ गर्न प्रहरी खटाइसकिएको।एसपी ढकालले जानकारी दिए ।  भदौ ९ गते लालवकैया नदीमा निमार्णधीन पुलको पिलरमा डुंगा ठोकिएर दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो ।डुंगामा भएका २४ जना पौडिएर बाचेका थिए । डुंगा दुर्घनापछि सदरमुकाम गौरमा पप्पु कन्स्ट्रक्सनलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको थियो।

 २०७१ साल असार २९ गतेबाट निर्माणको काम सुरु गर्ने ठेकेदारले सम्झौता भएको थियो ।  घाटको पुल निर्माण सम्पन्न गर्ने अन्तिम समय २०७४ असार २५ गते थियो । तर हालसम्म करीब आधा मात्रै काम सकिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.