इरानलाई अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारको चर्को धम्की
वासिङ्टन : अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले अमेरिकालाई अवज्ञा गरेको खण्डमा इरानमाथि हमला गर्ने भन्दै कडा धम्की दिएका छन् ।
‘अमेरिका, अमेरिका नागरिक, समर्थक र सहयोगीमाथि हमला गर्यौ भने त्यसको महंगो मुल्य चुकाउनु पर्नेछ,’ बोल्टनले भनेका छन् ।
अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिए लगत्तै सुरक्षा सल्लाहकार बोल्टनले पनि धम्कीको भाषामा चेतावनी दिएका हुन् । संयुक्त राष्ट्रसंघ महासभाको क्रममा बोल्टनले इरानको गतिविधिप्रति असन्तुष्टी जनाउँदै यस्तो बताएका हुन् ।
इरानलाई लक्षित गर्दै बोल्टनले भनेका छन्, ‘यदी तिमीहरुले ढाँटिरह्यौ भने, हामी, हाम्रा समर्थक र सहयोगीलाई अवज्ञा गर्यौ भने अवस्य पनि यसको महंगो मुल्य चुकाउनुपर्ने छ ।’ केही अघि मात्रै ट्रम्पले इरानी राष्ट्रपति रौहानीलाई नभेट्नै भन्दै अवज्ञा गरेका थिए।
प्रतिक्रिया दिनुहोस !