डाक्टरसँग लुकाउनै नहुने यी हुन् पाँच कुरा

डाक्टरसँग लुकाउनै नहुने  यी हुन् पाँच  कुरा

काठमाडौं : कतिपय महिला लाज, संकोचका कारण शारीरिक समस्या लुकाउने गर्छन्। पछि त्यो सामान्य समस्या घातक रोग बन्न पुग्छ। त्यसैले महिलाहरूले चिकित्सकलाई कुनै पनि शारीरिक समस्या लुकाउनु हुँदैन।

अनियमित महिनावारी
धेरै महिलामा देखिने समस्या हो, अनियमित महिनावारी। महिनावारी गडबड हुनु कुनै ठूलो रोग होइन। विभिन्न कारणले गर्दा महिनावारी अनियमित हुने गर्छ। खानपानमा ध्यान दिएर र चिकित्सकसँग सल्लाह गरी उपचार गर्दा यो छिट्टै निको हुन्छ। त्यसैले डाक्टरलाई भेट्दा अनियमित महिनावारीबारे स्पष्ट कुरा गर्नुपर्छ।

स्तनमा गाँठो
महिला स्वास्थ्यमा देखिने विभिन्न समस्यामध्ये स्तनमा गाँठो पनि एक हो। गाँठो छुँदा दुख्छ। यस्तो समस्या देखिए तुरुन्तै जँचाउनुपर्छ। डाक्टरसँग निःसंकोच सल्लाह गर्नुपर्छ। रगत जँचाउँदा र अल्ट्रासाउन्डबाट समस्याको कारण पत्ता लगाउन सकिन्छ। कहिलेकाहीँ सामान्य समस्यालाई बेवास्ता गर्दा क्यान्सरजस्तो ठूलो रोग निम्तिन सक्छ।

सेतो पानी बग्ने
कतिपय महिलाको योनिबाट सेतो, चिपचिप बाक्लो पदार्थ निस्कने गर्छ। यौनांगको सरसफाइ ठीक तरिकाले नगर्दा यो समस्या देखिन्छ। पाठेघरको समस्यामा पनि सेतो पानी बग्न सक्छ। समयमा उपचार गरिएन भने समस्या बढ्न सक्छ। त्यसैले समयमै चिकित्सकलाई भेटेर समस्याको उपचारतिर लाग्नुपर्छ। लुकाउँदा समस्या बढ्दै जान्छ र पछि ठूलो रोग निम्तिन सक्छ।

अण्डाशयसम्बन्धी समस्या
कसै-कसै महिलाको अण्डाशयमा गाँठो देखिन्छ। जसलाई 'सिस्ट' भनिन्छ। जसले गर्दा महिनावारी रोकिन्छ। पेट दुख्छ। अण्डाशयमा अण्डा बन्छ, फुटेर महिनावारीमा रगतका रूपमा बाहिर निस्कन्छ। कहिलेकाहीँ अण्डा नफुटेर अण्डाशयभित्रै चारैतिर भित्ताजस्तै जम्मा हुन्छ। जसले गर्दा पेट सुन्निन्छ र महिनावारी हुँदैन। अल्ट्रासाउन्ड गरी समस्या पत्ता लगाउनुपर्छ। संकोच मानेर चिकित्सकलाई नजँचाउँदा समस्या बढ्छ। बाँझोपनको खतरा हुन सक्छ। त्यसैले समस्या देखिँदा तुरुन्त डाक्टरलाई जँचाउनुपर्छ र खुलेर समस्या भन्नुपर्छ।

बिहेअघि गर्भवती भएमा
कहिलेकाहीँ कोही युवती बिहेअघि नै गर्भवती हुन्छन्। बदनाम हुने डरले कसैलाई भन्दैनन्, डाक्टरकोमा जाँदैनन्। जथाभावी औषधि खाएर गर्भपतन गराउन खोज्छन्। डाक्टरको सल्लाह नलिई जथाभावी औषधि सेवन गर्दा विभिन्न समस्या निम्तिन सक्छन्। त्यसैले यसो भएमा डाक्टरलाई भेट्नुपर्छ र सबै कुरा खुलेर भन्नुपर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.