जघन्य अपराध गर्नेलाई फाँसी दिनुपर्छ : मुख्यमन्त्री

जघन्य अपराध गर्नेलाई फाँसी दिनुपर्छ : मुख्यमन्त्री

रौतहट : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीले जघन्य अपराधमा संलग्न दोषीलाई फाँसी सजाय हुनुपर्ने बताएका छन्। रौतहटको चन्द्रपुर नपा–६ स्थित तेजाव प्रहारबाट उपचार क्रममा मृत्यु भएकी १८ वर्षीया सम्झनाकुमारी दासको परिवारलाई समवेदना प्रकट गर्दै बिहीबार मुख्यमन्त्री राउतले फाँसीको सजाय हुनुपर्ने धारणा व्यक्त गरेका हुन्।

नेपालले अन्तर्राष्ट्रिय सन्धिमा फाँसीको सजाय हुने कानुन बनाउन नपाउने गरी हस्ताक्षर गरे पनि त्यसलाई सच्याएर पासविक र जघन्य अपराधमा संलग्नलाई फाँसीको सजाय हुनुपर्ने बताएका हुन् । मुख्यमन्त्री राउतले भने, ‘यस्ता जघन्य घटनाको दोषीलाई फाँसी नै दिनुपर्छ, सन्धिको हस्ताक्षर सच्याउनुपर्छ।’

प्रदेश सरकारले यस्ता घटनालाई गम्भीरपूर्वक लिँदै छानबिन गर्न प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको संयोजकत्वमा समिति बनाएको छ। दोषीलाई बढीभन्दा बढी सजाय दिलाउन प्रदेश सरकार लागिपरेको पीडित परिवारलाई मुख्यमन्त्री राउतले आश्वासन दिएका छन्।

तेजाव प्रहारबाट मृत्यु भएकी सम्झनाका परिवारलाई प्रदेश सरकारले चार लाख दिने घोषणा यसअघि नै गरेको थियो। बिहीबार मुख्यमन्त्री राउतले मृतक किशोरीका बुवा जादोलाल दासलाई एक लाखको चेक हस्तान्तरण गरेका छन्। बाँकी तीन लाख रुपैयाँ चेक बनाउने कर्मचारी नभएकाले आइतबार पीडित परिवारलाई हस्तान्तरण गरिनेसमेत उनले जानकारी दिए। तीन लाख रुपैयाँ बेटी बचाउ, बेटी पढाउ अभियानबाट पीडित परिवारलाई सहयोग गर्न लागिएको हो।

प्रदेश २ मा महिला हिंसा तथा आपराधिक घटना बढिरहेकाले यस्ता घटना दोहोरिन नदिन र दोषी उम्कन नदिन सुरक्षा निकायका प्रमुखलाई निर्देशनसमेत उनले दिएका छन्। अपराध नियन्त्रण गर्न प्रदेश सरकारले केही दिनपछि नै मोबाइल एप्स प्रयोगमा ल्याउन लागेको उनले जानकारी दिए।

भदौ २६ गते राति चन्द्रपुर नगरपालिका–६ की १८ वर्षीया सम्झनाकुमारी दास र उनकी बहिनी १५ वर्षीया सुस्मिता कुमारीमाथि घरमा सुतिरहेको अवस्थामा तेजाव प्रहार भएको थियो। घटनाको ६ दिनपछि प्रहरीले किशोरीकै छिमेकी ५० वर्षीय रामबाबु पासवानलाई पक्राउ गरेको थियो। उपचार क्रममा १८ वर्षीया सम्झनाको सोमबार मृत्यु भएको हो।

१५ वर्षीया सुस्मिता कीर्तिपुरस्थित अस्पतालमा उपचार गराइरहेकी छन्। उनको औषधिको बिल मात्रै बुधबार साँझसम्ममा ६३ हजार भएको बाबु जादोलालले बताए। ‘औषधिको मात्रै त्यति हो अस्पतालको कति भयो हिसाब गरेको छैन, दासले भने। छोरीको काजकिरिया सकेर अर्की छोरीको उपचारमा जान्छु।

अहिले अस्पतालमा सुस्मिताकी आमा धनमाया छोरीको रेखदेखमा छिन्। पक्राउ परेका पासवान पीडित किशोरीहरूका बुवा जादोलाल दाससँगै अस्पतालमा बिरामीको कुरुवा बस्न गएका थिए। आरोपी पासवानले घाइतेमध्ये १८ वर्षीया सम्झानाकुमारी दासलाई एकतर्फी प्रेम गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

मोबाइलको कल डिटेल, पीडित किशोरीका बाबुको किटानी जाहेरी, किशोरीको बयानका आधारमा अस्पतालबाटै पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तेजाव प्रहार गरेको दोषी ठहरिए नयाँ मुलुकी संहितामा अनुहार कुरुप पारे ५ वर्षदेखि ८ वर्ष कैद र १ देखि ५ लाखसम्म जरिवाना, शरीरको अन्य भाग कुरुप बनाए वा शरीरमा पीडा गराए ३ देखि ५ वर्षसम्म कैद र ५० हजारदेखि ३ लाख जरिवाना हुने व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.