प्रदेश कर्मचारी भन्छन् : न तलब, न अख्तियारी

प्रदेश कर्मचारी भन्छन् : न तलब, न अख्तियारी

बैतडी : बैतडीका सरकारी कर्मचारीले साउनदेखि तलब पाएका छैनन्। नयाँ संरचनामा गएका कार्यालयका कर्मचारीले अहिले सम्म तलब नपाउँदा समस्या भएको बताएका छन्। साउनदेखि आफूहरूले तलब नपाएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त कार्यालय प्रमुख कर्णबहादुर चन्दले बताए। उनले भने, ‘हामीले साउनदेखि तलब पाएका छैनौं। तलबकै विषयमा सोधीखोज गर्न प्रदेश मन्त्रालयमा पनि पुगेँ । तर, अहिले तलब पाइने छाँटकाँट देखिएन।’

चाडपर्वको मुखमा तलब नपाउने देखिएपछि कर्मचारी चिन्तित बनेका कृषि ज्ञान केन्द्र बैतडीका जेटीए महेश अवस्थीले बताए। उनले भने, ‘हामीले साउनदेखि तलब पाएका छैनौं। तलब कहिले पाइने हो यो भन्ने कसैलाई थाहा छैन।’ तलब नपाए खर्च चलाउनै मुस्किल पर्ने उनले बताए।

साउनदेखि आफ्नो कार्यालयमा कार्यरत कुनै कर्मचारीले तलब नपाएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ बिसनसिंह विष्टले बताए। ‘साविकको पशुसेवा कार्यालय भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका रूपमा परिणत भयो। कार्यालय प्रदेश सरकारमातहत आएको छ। तर, अहिलेसम्म हामीले तलब पाएका छैनौं’, उनले पीडा पोखे।

डिभिजन वन कार्यालयका कर्मचारीको हालत पनि उस्तै छ। साउनदेखि कर्मचारीले तलब नपाएको जिल्ला वन कार्यालयका डिभिजन अधिकृत प्रभात सापकोटाले बताए। उनले भने, ‘तलबका विषयमा धेरै पटक प्रदेश मन्त्रालयमा सम्पर्क ग¥यौं। तर, अहिलेसम्म पाइने टुंगो छैन। दसैंको मुखमा समेत तलब नपाउँदा कर्मचारी निरास बनेका छन्।’

साविकको भूसंरक्षण कार्यालय बृहत्तर जलाधार केन्द्र महाकालीका नामले स्थापना भएको छ। तर, त्यो कार्यालयमा कार्यरत कर्मचारीले अहिलेसम्म तलब नपाएको साविकको जिल्ला भू–संरक्षण कार्यालयका तत्कालीन प्रमुख अष्ट भुजानन्द उपाध्यायले बताए। नयाँ संरचनाअन्तर्गत परेका सरकारी कार्यालयका कर्मचारीले तलब नपाएको कर्मचारी बताउँछन्। चाडपर्व नजिकै आउँदासमेत तलब पाउने नदेखिएकाले निरास हुनुपरेको कर्मचारीको भनाइ छ।

न कार्यक्रम न अख्तियारी

नयाँ संरचनाअनुसार स्थापित कार्यालयले कार्यक्रम र अख्तियारीसमेत पाएका छैनन्। चालु आर्थिक वर्षको तीन महिना हुँदासम्म कार्यक्रम नआएको डिभिजन वन कार्यालयका डिभिजन अधिकृत प्रभात सापकोटाले बताए। उनले भने, ‘चालु आर्थिक वर्षको पनि ३ महिना भइसक्यो, केही कार्यक्रम सञ्चालन गर्न सकिएको छैन। कार्यक्रम र अख्तियारी केही आएको छैन। कार्यालयमा हाजिरी लगाउने काम मात्रै भएको छ।’

कार्यालयमा अहिलेसम्म कुनै कार्यक्रम नआएको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख कर्णबहादुर चन्दले बताए। उनले भने, ‘चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले कुनै कार्यक्रम सञ्चालन गर्न पाएको छैन। प्रदेश सरकारबाट अख्तियारी पनि आएको छैन।’

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि चालु आर्थिक वर्षमा अहिलेसम्म कार्यक्रम सञ्चालन गर्न नपाएको पशु सेवा प्राविधिक बिसनसिंह विष्टले बताए। कतिपय कार्यालयमा त कर्मचारी पनि छैनन्। साविकका कार्यालयमा साविककै सेवा पाउने आशामा सेवाग्राही पुग्ने गरेका छन्। तर, कार्यालयमा कुनै कार्यक्रम नहुँदा सेवाग्राही त्यत्तिकै फर्किने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.