शान्ति मिसनमा जर्नेलका कोटा खारेज

शान्ति मिसनमा जर्नेलका कोटा खारेज

काठमाडौं : जर्नेलहरूले शान्ति मिसनमा कोटामा सैनिक अधिकारी पठाउने परम्परा अन्त्य भएको छ । दुई साताअघि जंगी अड्डामा बसेको पिएसओज बैठकले कोटा प्रणाली खारेज गरेको हो । प्रधानसेनपति पूर्णचन्द्र थापाले जर्नेलका लागि छुट्याएको कोटा प्रणाली हटाउने निर्णय लिएका हुन् । कोटा प्रणालीले सेनाको व्यवसायिक छविमा आँच आएको भन्दै प्रधानसेनापति थापाले प्रावधान अन्त्यको निर्णय लिएका हुन् ।

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जर्नेललाई दिँइदै आएको कोटा सिस्टम खारेज भएको जानकारी दिए । प्रवक्ता भण्डारीले अन्नपूर्णसँग भने, ‘अब प्रतिस्पर्धाका आधारमा मात्र शान्ति मिसनमा सैनिक अधिकारी जानेछन् ।’

राष्ट्रसंघीय शान्ति मिसनमा पठाउन जर्नेलहरूले प्रत्येक वर्ष निश्चित कोटा पाउँदै आएका थिए । जर्नेलहरूले हवल्दार र त्यसभन्दा तल्लो तहका सैनिकलाई कोटामा मिसनमा पठाउँदै आएका थिए । केही पहुँचवाला जर्नेलले हवल्दार भन्दा माथिल्ला तहका सैनिकलाई समेत अवसर दिने गरेका थिए ।

नेपाल प्रहरी र सशस्त्रमा भने अझै भनसुन र पहुँचका आधारमा मिसनमा पठाउने चलन छ । दलका नेता, मन्त्रीको सिफारिस पनि अब काम नलाग्ने भएको छ । सैनिक मुख्यालयले योग्यता पुगेकालाई प्रतिस्पर्धाका आधारमा मिसनमा पठाउने छ । सैनिक मुख्यालयले शान्ति मिसनमा जान छनोट गर्ने मापदण्डमा समेत हेरफेर गरेको छ । सिपाहीमा भर्ना भएको ११ वर्ष पुगेपछि मात्र उ मिसनमा जान योग्य हुनेछ । सैनिक मुख्यालयले पहिलो पटक शान्ति मिसनमा जान ११ वर्ष र दोस्रो पटकका लागि २० वर्ष सेवा अवधि तय गरेको छ ।

न्यून संख्याका प्राविधिक जनशक्तिले मात्र तेस्रो पटकका लागि मिसनमा जाने अवसर पाउँछन् । यसअघि पहिलो पटक जान ६ वर्ष र दोस्रो पटक जान १५ वर्ष सेवा अवधि पुरा हुनुपर्ने व्यवस्था थियो । अधिृकत तहमा भने यो मापदण्ड लागू हुने छैन ।

हल्वदार र त्योभन्दा तल्लो दर्जाका सैनिकहरू मापदण्ड नपुगे पनि कोटामा मिसन जाने गरेका थिए । जर्नेलहरूले घरेलु कामदारका लागि खटिएका सैनिक, आफन्त र राजनीतिक दलका नेताले सिफारिस गरेकालाई आफ्नो कोटामा पार्ने गरेका थिए । कतिपयले कोटामा मिसनमा पठाए वापत निश्चित रकम पनि लिने गरेका थिए । केहीले दलका नेता रिझाउन कोटाको दुरुपयोग पनि गर्दैआएका थिए ।

यसअघि सेनाले सहायक रथी र त्यसभन्दा माथिका दर्जालाई प्रत्येक वर्ष शान्ति मिसनमा पठाउन निश्चित कोटा छुट्याएको थियो । प्रत्येक वर्ष सहायक रथीले एक र उपरथीले २ जनालाई कोटामा शान्ति मिसनमा पठाउन पाउँथे । रथी र महारथीले आवश्यकता अनुसार कोटा निर्धारण गर्दै आएका थिए ।

जर्नेलका अलावा रक्षासचिव, मुख्यसचिव, रक्षामन्त्री र प्रधानमन्त्रीले समेत आफ्ना मान्छेलाई मिसनमा पठाउन सिफारिस गर्दै आएका थिए ।

सैनिक मुख्यालयले उक्त निर्णय कार्यान्वयनमा ल्याइसकेको छ । कंगो, लेबनान, दक्षिणी सुडान, माली, लिविया, कार, डार्फरलगायत १२ वटा स्थानमा नेपाली सेनाको शान्ति मिसन छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.