दसैंमा यस्तो छ सुरक्षा रणनीति

दसैंमा यस्तो छ सुरक्षा रणनीति

चरिकोट : नेपालीको महान् पर्व बडादसैं र तिहारमा दोलखा प्रहरीले रोकथाममूलक सुरक्षा रणनीति अपनाउने भएको छ। घटना घटेपछि अनुसन्धानको दुःख गर्नुभन्दा सम्भावित घटनालाई रोकथाम गर्दा कसैले पनि दुःख नपाउने भएका कारण दोलखा प्रहरीले बडादसैंमा रोकथाममूलक सुरक्षा रणनीति अपनाउने भएको हो।

करिब साढे तीन सय प्रहरीलाई क्विक रेस्पोन्स टिम, सादा पोशाक र पोशाकसहित परिचालन गरेर सम्भावित घटनालाई रोकथामको रणनीति अपनाइएको दोलखा प्रहरी प्रमुख डीएसपी बासुदेव पाठकले जानकारी दिए। रोकथाममूलक सुरक्षा रणनीतिका लागि प्रहरी टोलीहरूलाई आइतबारबाट विशेष परिचालन गरिने उनले जानकारी दिए।

दसैं र तिहारको अवसरमा दोलखा जिल्ला अदालतबाट फरारको सूचीमा रहेका अपराधीको समेत विशेष खोजी अभियान पनि चलाइने प्रहरीले जनाएको छ। सक्रियता, सामूहिक प्रयास, अनुसन्धानमा दक्षता र जिम्मेवारीको भावनाले काम गर्ने दोलखा प्रहरीको विशेषताले आपराधिक घटनामा संलग्न अधिकांश अभियुक्त पक्राउ पर्न सकेको पाठकको भनाइ छ।

यसअघि प्रहरीले करिब पाँच महिनाको अवधिमा विभिन्न घटनाका ६६ जना आरोपी पक्राउ गरिसकेको छ। यस अवधिमा कर्तव्य ज्यान ४, ज्यान मार्ने उद्योग २, सवारी ज्यान ३, जबर्जस्ती करणी ८, जर्बजस्ती करणी उद्योग ५, चोरी २, केही सार्वजनिक अपराध १३, बहुविवाह ४, बैंकिङ कसुर १, सार्वजनिक कसुर २, नागरिकता कसुर १ र बालविवाह २ गरी ४७ वटा आपराधिक घटना दर्ता भएको डीएसपी पाठकले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय दोलखामा दर्ता भएका अपराधिक घटनामा सबैभन्दा बढी सार्वजनिक अपराधका १३ र जबर्जस्ती करणीका ८ वटा छन्।

केही सार्वजनिक अपराधमा २३ जना अभियुक्त रहेकोमा १७ जना पक्राउ परेको र ६ जना फरार रहेको तथा जबर्जस्ती करणीमा ८ जना अभियुक्त रहेकोमा ७ जना पक्राउ परेको र १ जना फरार रहेको तथ्यांक छ। जबर्जस्ती करणी उद्योगका १, बहुविवाहका २ र सार्वजनिक कसुरका २ गरी १२ जना अभियुक्त पक्राउ गर्न बाँकी रहेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.