इञ्जिनियरको ३ करोड अवैध सम्पत्ति

इञ्जिनियरको ३ करोड अवैध सम्पत्ति

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गर्दै ३ करोड भन्दा रकम बढी आर्जन गर्ने शहरी विकास तथा भवन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुरेश ठाकुरविरुद्ध अकूत सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दायर गरेको छ ।

छानबिनमा ठाकुरको ३ करोड १८ लाख ७३ हजार ७ सय २० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएपछि उनीविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

अख्तियारले ठाकुरको स्रोत नखुलेका सबै सम्पत्तिलाई बिगो कायम गर्दै जफत गर्न र २ वर्षसम्म जेल सजाय माग गर्दै मुद्दा दायर गरेको हो । ठाकुरको अवैध कमाईमा सहयोग पुर्‍याउने श्रीमति अनिता ठाकुर, सन्तोष ठाकुर, बलराम उपाध्याय र मिनाक्षी सिन्हाविरुद्ध पनि भ्रष्टचार मुद्दा दायर गरिएको छ ।

गैरकानुनी सम्पत्ति आर्जनमा पक्राउ परेका ठाकुरलाई अख्तियारले आइतबार विशेष अदातमा बुझाएको छ । मतियार चारजना फरार छन् । अख्तियारले ठाकुरलाई गत साउन १२ मा कार्यकक्षबाटै पक्राउ गरेको थियो । अख्तियारले उनको कार्यालय र निवासमा छापा मारी १ लाख ८ हजार ५ सय सय नेपाली, ८ हजार १ सय भारतीय रुपैयाँ, १ हजार ५० युएस डलर तथा ४ सय ८५ युरो बरामद गरेको थियो ।

सुरेशका मतियार बलराम उपाध्यायको प्राइम बैंकको खाताको ६६ लाख ५० हजार रुपैयाँ पनि अख्तियारले बरामद गरेको छ । बरामद सबै रकम ठाकुरले अनियमितता गरेको दसी प्रमाणको रूपमा विशेष अदालतमा पेश गरिएको अख्तियार प्रवक्ता दंगालले जानकारी दिए ।

यस्तो थियो धन्दा

अख्तियारका अनुसन्धान अधिकृतकाअनुसार ठाकुरले कार्यालय प्रमुख भएसँगै निर्माण व्यवसायीसँग रकम असुल्ने थालेका थिए । हरेक ठेक्का पट्टामा उनले मोटो कमिसन माग्थे । मागे अनुसारको कमिसन नपाए उनले काम र भुक्तानी रोक्ने गरेका थिए । २०५९ माघ १ मा सरकारी सेवामा प्रवेश गरेका ठाकुरको सम्पत्ति छानबिनबाट ७५ लाख १ हजार २ सय ७ रुपैयाँ मात्रै वैध रहेको पाइयो । यो अवधिमा ठाकुरले श्रीमति, परिवारका अन्य सदस्यका नाममा चल अचल सम्पत्ति जोडेको तथा शेयर लगानी बीमा, बैंक मौज्दातलगायतका शीर्षकमा ३ करोड १८ लाख ७३ हजार ७ सय रुपैयाँ लगानी गरेको र ती सबै रकमको स्रोत नखुलेको अनुसन्धानले देखाएको छ ।

यसरी पर्दाफास भयो भ्रष्टाचार

ठाकुरले गाडी रिजर्भ गरेर ५० लाख रुपैयाँ बाहिर पठाउ“दैछन् भन्ने सूचना आए लगत्तै आयोगले बुटवल, हेटौंडा र पथलैयामा तीनतिर एम्बुस थापेको थियो । हेटांैडामा ट्याक्सी रिभर्ज गरेर आएका एक महिला र दुई पुरुषलाई अख्तियारको विशेष टोलीले फेला पार्‍यो । ट्याक्सीलाई नाका प्रहरी कार्र्यालयमा लगेपछि जनप्रतिनिधिसमेत राखी गाडी खान तलासी गर्दा २४ लाख बैंकमा जम्मा गरेको भौचर र १२ लाख ५० हजार नगद भेटिएको थियो ।

अनुसन्धानबाट ठाकुरले बलराम उपाध्यायलगायत अन्य व्यक्तिका नाममा बैंकमा खाता खोलेर ८० लाख भन्दा बढी रकम राखेको खुलेको छ । ती खातावालले रकम आफ्नो नभएर डिभिजनल इन्जिनियरको भएको जानकारी अख्तियार टोलीलाई गराए । अख्तियारको विशेष इन्टिलिजेन्स टिमले यो सबै तथ्य पत्ता लगाएपछि उनलाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.