दसैंमा घरका साथी

दसैंमा घरका साथी

अनामनगर काठमाडौंका विजय थापाले गत वर्ष दसैंमा टीभी किने। दसैं नजिकिएसँगै केही दिनभित्र स्मार्ट फ्रिज किन्ने सोचमा उनी छन्। आम्दानी र आवश्यकता बढेकाले उनले साधारण फ्रिज हटाएर स्मार्ट फ्रिज किन्ने तयारीमा उनी लागेका छन्।

कीर्तिपुुर निवासी सञ्जय श्रेष्ठले यसपालिको दसैंमा भ्याकुुम र वासिङ मेसिन किनेका छन्। केही दिनअघि मात्र उनले भ्याकुुम क्लिनर र वासिङ मेसिन किनेका हुुन्। विगतमा उनले टीभी, फ्रिज जोडिसकेका छन्। भन्छन्, ‘होम अप्लाइन्सले जीवन धेरै सहज बनाउँछ, प्रत्येक वर्ष आवश्यकता थपिँदै गएको छ।’

अनामनगर र कीर्तिपुुरका थापा र श्रेष्ठ मात्र होइन अधिकांश नेपालीको अत्यावश्यक वस्तुु बन्न थालेको छ होम अप्लाइन्स। प्रविधिको विकाससँगै नेपालीको आवश्यकता बढ्न थालेको हो। खसगरी सहरी क्षेत्रमा होम अप्लाइन्सको प्रयोग दिनानुुदिन बढ्दै गएको छ। ग्रामीण क्षेत्रमा पनि टीभी र साधारण फ्रिज प्रयोग गर्नेको संख्या पनि कम्ती छैन।

विभिन्न विद्युुतीय सामग्री उत्पादनसँगै नेपालीको जीवनशैली फेरिन थालेको छ। फ्रिज, टीभी, एसी, भ्याकुुम क्लिनर, वासिङ मेसिन, थर्मस, टिफिन बक्स, खाना पकाउने मेसिनलगायत इलेक्ट्रोनिक सामानले नेपालीको जीवनमा सहजता ल्याएको छ। यस्ता होम अप्लाइन्सको प्रयोगले मानिसको दैनिकी सहज र सरल बन्दै गएको हो। होम अप्लाइन्सको उत्पादन बढेसँगै नेपालीका अधिकांश घरहरूमा यसको उपयोग बढ्न थालेको छ।

सीजी इलेक्ट्रोनिक ग्रुुपका डेपुुटी जनरल म्यानेजर सञ्जयराज भण्डारीले विद्युुतीय सामग्री प्रयोग गर्नेको जमात बढ्न थालेको बताउँछन्। भण्डारीले नेपालका धेरैजसो घरमा होम अप्लाइन्सका विभिन्न सामान प्रयोग गर्नेको संख्या दिनानुुदिन बढ्दै गएको बताए। उनले अन्य समयको तुुलनामा दसैंमा २० देखि ३० प्रतिशत बढी कारोबार हुुने गरेको बताए। ‘वासिङ मेसिन र फ्रिजको माग बढ्दो छ’ उनले भने। गत वर्ष टीभी किनेको मानिसले अर्को वर्ष फ्रिज, वासिङमेसिन, भ्याकुुम किन्ने गरेको उनले सुुनाए।

सीजीले सोरुम र डिलरबाट होम अप्लाइन्सका सामान बिक्री गर्दैैै आएको छ। उपभोक्तालाई ध्यानमा राखेर सीजीले विभिन्न अफर ल्याउने गरेको छ। टीभी नेपालमै बन्ने गरेको छ भने फ्रिज बाहिरबाट आउने गरेको छ। सीजीका राजधानीमै १३ वटा सोरुम छन्।

श्री पशुुपति इलेक्ट्रोनिक प्रालिले भिडियोकनको होम अप्लाइन्सका सबै सामान बिक्री गर्दै आएको छ। प्रालिका नेसनल सेल्स म्यानेजर तेजेन्द्र महराले साउन, भदौको तुुलनामा दोब्बरभन्दा बढी बिक्री भएको जानकारी दिए। ‘अहिले श्राद्धकै समय भएकाले होला, सोचेजस्तो ग्राहक आएका छैनन्’ उनले भने, ‘घटस्थापनादेखि कारोबार ह्वात्तै बढ्छ।’ श्री पशुुपतिले आफ्ना दुुई सय डिलरबाट टीभीसहित होम अप्लाइन्सका सामान बिक्री गर्दै आएको छ। यहाँबाट सबैभन्दा बढी व्यापार टीभीको हुुने गरेको छ। सामान्य परिवारले समेत टीभी खरिद गर्छन्। सामान्य होस् या स्मार्ट गाउँ तथा सहरमा अधिकांश घरमा टीभी नपुुगेको भेट्न मुुस्किल पर्छ।

फ्रिज कुुनै समय चिसो बनाउन मात्र प्रयोग हुन्थ्यो तर अचेल खाना ताजा राखिराख्न पनि प्रयोग हुुन्छ। बजारमा १३ हजारदेखि साढे चार लाख रुपैयाँसम्मका फ्रिज पाइन्छन्। ९० लिटरदेखि साढे ६ सय लिटरसम्म फ्रिज उपलब्ध छन्।

अर्बिट इन्टरनेसनलका सेल्स म्यानेजर लक्ष्मण सापकोटाले अन्य समयको तुुलनामा दसैंमा २० प्रतिशत बढी बिक्री वितरण हुुँदै आएको बताए। विगतको तुुलनामा करिब ४० प्रतिशतले बिक्री बढेको उनले बताए। अर्बिटले डेढसय डिलरबाट बिकोका एसी, फ्रिजसहित होम अप्लाइन्सका सामग्री बिक्री गर्दै आएको छ। अर्बिटले होम अप्लाइन्सका अन्य सामानको तुुलनामा एसी र फ्रिज नै बढी बिक्री गर्दैै आएको छ।

बालाजी ट्रेडिङले १५ वर्षदेखि बाल्ट्रा होम अप्लाइन्सका साना सामान बिक्रीवितरण गर्र्दै आएको छ। बाल्ट्राका खाना पकाउनेलगायत साना अप्लाइन्सका सामान बढी बिक्री हुुँदै आएका छन्। उपभोक्ताले त्यस्ता साना विद्युुतीय सामान बढी रुचाएको पाइन्छ। बाल्ट्राका साना सामान बिक्रीमा सफलता प्राप्त गरेसँगै बालाजी ट्रेडिङले ठूलाखालका होम अप्लाइन्स पनि बिक्री सुुरु गरेको छ। बालाजी ट्रेडिङका मार्केटिङ म्यानेजर दीपक शाहले एक महिना अघिदेखि वासिङ मेसिन, फ्रिजलगायत ठूला र महँगा अप्लाइन्सेज बिक्रीवितरण सुुरु गरेको बताए। सुुरुको एक महिनामै रेस्पोन्स राम्रो आउन थालेको उनले बताए। ‘बाल्ट्राका साना र ठूला अप्लाइन्सेज ग्राहकले उत्तिकै रुचाउने अपेक्षा छ’, उनले भने। जनसम्पर्क बढाउँदै लगेको र बाल्ट्राका ठूला अप्लाइन्सले राम्रै बजार पाउने उनी विश्वास व्यक्त गर्छन्।

पछिल्लो समय टीभीसँगै फ्रिज पनि सबैको घरमा देखिन थालेको छ। फ्रिज किचेनको आकर्षण र गृहिणीको सहारासमेत बन्न थालेको छ। फ्रिज सामान्य घरदेखि होटललगायत विभिन्न क्षेत्रमा प्रयोग हुँदै आएको छ। नेपालमा अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरेर दर्जनौं ब्रान्डका फ्रिज बजारमा छन्। ब्रान्डेड र ननब्रान्डेड उत्पादनको आफ्नै छुट्टै बजार रहेको व्यवसायीहरू बताउँछन्। बिवाहमा दाइजो दिन नेपालमा फ्रिजको खरिद बढी हुुने गरेको पाइन्छ। बिवाहका लागि साधारण र घरायसी प्रयोजन तथा होटलका लागि ब्रान्डेड र राम्रो प्रविधियुुक्त फ्रिज प्रयोग हुने व्यवसायीहरू बताउँछन्।

केही समयअघि साधारण फ्रिज धेरै प्रयोग हुुँदै आएको थियो। सामान्य परिवारले पनि यस्ता खालका फ्रिज प्रयोग गर्न सक्छन्। पछिल्लो समय स्मार्ट इन्भर्टरसहितका फ्रिज बजारमा आएका छन्। स्मार्ट फ्रिज समयसाक्षेप र प्रविधिको हिसाबले पनि परिस्कृत छन्। साधारण फ्रिजको तुुलनामा स्मार्ट इन्भर्टर फ्रिजले ३० प्रतिशत बिजुुलीको बचत गर्छ। स्मार्ट इन्भर्टर फ्रिजमा राखिएका खाना साधारण फ्रिजमा भन्दा ताजा र लामो समयसम्म रहन्छ। फ्रिज कुुनै समय चिसो बनाउन मात्र प्रयोग गरिन्थ्यो भने अचेल खाना ताजा राखिराख्न पनि प्रयोग हुुन थालको छ। बजारमा १३ हजारदेखि साढे चार लाख रुपैयाँसम्मका फ्रिज पाइन्छन्। ९० लिटरदेखि साढे ६ सय लिटरसम्म फ्रिज उपलब्ध छन्। फ्रिजको प्रयोग होटल, पसल, घरका साथै विभिन्न क्षेत्रमा हुुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.