काठमाडौंमा होचापुड्काको सम्मेलन हुने

काठमाडौंमा होचापुड्काको सम्मेलन हुने

काठमाडौं : होचापुड्का संघले राज्यमा सहभागीताको माग गरेको छ।सरकारले कुनै पनि भूमिकामा उपस्थित नगराएको भन्दै बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो।

संस्थागत रुपमा ७७ जिल्लाबाटै संगठित भइसकेको भन्दै नेपाल होचापुड्का संघका अध्यक्ष निर्मल मंग्रातीले राज्यले भूमिका दिनुपर्ने बताए। संघमा देशभरबाट १० हजार बढी होचापड्का रहेको अध्यक्ष मंग्राती भनाइ छ। होचापुड्का व्यक्तिलाई पनि अग्ला व्यक्ति सरहको व्यवहार गर्नुपर्ने, शौचालय, सार्वजनिक स्थल, भवन, सरकारी निकायमा सहभागिता गराउनुपर्ने जस्ता माग राखेका छन्।  

संघले आउने फागुन २० र २१ गते राष्ट्रिय सम्मेलन गर्ने तयारी थालेको छ।संघले तीनै तहका सरकारले आफ्ना लागि  बजेट बिनियोजन गर्न दवावमूलक कार्यक्रमको आयोजना गर्ने बताएको छ।

सम्मेलनमा काठमाडौं घोषणापत्र जारी गर्ने, तीनै तहका सरकारलाई आवश्यक सुझाव दिने, सहभागितामुखी कार्यक्रमबारे जानकारी गराउने, शिक्षा, स्वास्थ्य, सरकारी सेवा सुविधाका बारेमा अभिमुखीकरणलगायतका नौ बुँदे कार्यक्रमको आयोजना हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.