नेपाल आउने पर्यटक बढे

नेपाल आउने पर्यटक बढे

काठमाडौं : यस वर्ष पर्यटक आगमन वृद्धि भएको छ। सन् २०१८ को नौ महिना (जनवरी-सेप्टेम्बर)को अवधिमा सात लाख ७२ हजार सात सय ९८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या अघिल्लो वर्षको यसै अवधिको तुलनामा १९.८ प्रतिशत बढी हो।

अघिल्लो वर्षको तुलनामा १९ दशमलव ८ प्रतिशतले आगमन पर्यटकको संख्या बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बरमा मात्र ९१ हजार आठ सय २० जना पर्यटक आएका छन्। अघिल्लो वर्षको तुलनामा यो ३३.८ प्रतिशतले बढी भएको पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले जानकारी दिए। बोर्डले यो वर्ष सबैभन्दा धेरै पर्यटक भित्रिने पाँच देशको नाम मेत सार्वजनिक गरेको छ। यीमध्ये भारतबाट १६ हजार तीन सय ४५, चीनबाट १२ हजार नौ सय ४५, श्रीलंका आठ हजार आठ सय सात, अमेरिकाबाट ६ हजार पाँच सय १९ र बेलायतबाट चार हजार पाँच सय चार पर्यटक आएका छन्।

सार्क राष्ट्रबाट नेपाल आउने पर्यटकको संख्या ५२.८ प्रतिशत, एसियाबाट ४२.६ प्रतिशतले वृद्धि भएको छ। चीनबाट ५६ प्रतिशतले नेपाल भित्रिने पर्यटक वृद्धि भएको छ। सरकारले दुई वर्षभित्रमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेपछि पर्यटकीय कार्यक्रम विस्तार, पर्यटकीय गन्तव्य छनोट र प्रचारप्रसारलाई तीव्र बनाइएको छ। पर्यटक गन्तव्यको विकास र विस्तारसँगै पर्यटकको औसत बसाइँ १२.६ दिन पुगेको छ भने औसात खर्च प्रतिदिन ५४ डलर पुगेको छ।

बोर्डको तथ्यांकअनुसार सन् २०१७ मा नौ लाख ४० हजार दुई सय १८, सन् २०१६ मा सात लाख ५३ हजार दुई, सन् २०१५ मा पाँच लाख ३८ नौ सय ७० र सन् २०१४ मा सात लाख ९० हजार एक सय १८ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

सन् २०१३ मा सात लाख ९७ हजार ६ सय १६ जना पर्यटक नेपाल भित्रिएको थिए। हाल नेपालमा ट्रेकिङ कम्पनी दुई हजार पाँच सय ७९ वटा, ट्राभल र टुर कम्पनी तीन हजार तीन सय ९९ वटा, तारे होटल एक सय २६, पर्यटकीयस्तरका होटल नौ सय ७७, होमस्टे दुई सय ८३, र्‍याफ्टिङ कम्पनी ७३ वटा छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.