निर्मला हत्या प्रकरण : बस्न्यात नेतृत्वको टोली उखुबारीमा

निर्मला हत्या प्रकरण : बस्न्यात नेतृत्वको टोली उखुबारीमा

महेन्द्रनगर : निर्मला पन्तको बलात्कार र हत्या प्रकरण छानबिन गर्न गठित एआईजी धीरु बस्न्यातको नेतृत्वको विज्ञ समितिले स्थलगत अनुसन्धान सुरु गरेको छ। समितिको टोली निर्मलाको शव पाइएको स्थान उखुबारीसम्म पुगेको छ। ‘समिति गठन भएलगत्तै हामीले तत्कालीन अनुसन्धानमा खटिएको प्रहरी कर्मचारीसँग बयान लिएका छौंं’, एआईजी बस्न्यातले भने, ‘घटनासँग जोडिएका सबै पक्षसँग सोधपुछ गरेका छौं।’

टोलीले शनिबार जिल्लाका सरोकारवाला निकाय, नागरिक समाज, महिला अधिकारकर्मी, मानवअधिकारकर्मी र पत्रकारसंग छलफल गरेको छ। छलफलमा महिलाअधिकारकर्मीले निलम्बनमा परेका एसपी डिल्लीराज विष्ट, बम दिदीबहिनीमाथि नै गम्भीर रूपमा अनुसन्धान गरेर सत्यतथ्य बाहिर आउने सुझाए।

नियतवश प्रमाण नष्ट गर्ने प्रहरी कर्मचारीलाई निलम्बन मात्र नभई बर्खास्त गरेरै कारबाही थाल्नुपर्ने अधिकारकर्मीले समितिलाई सुझाव दिएका छन्। पत्रकारसँगको भेटमा एआईजी बस्न्यातले प्रहरीको सम्पूर्ण शक्ति लगाएर निर्मलाको बलात्कार र हत्याप्रकरणको अनुसन्धान भइरहेको बताए। उनले नेपाल प्रहरीले निकै संवेदनशील र गहन रूपमा घटनाको छानबिन गरिरहेको जानकारी दिए।

‘प्रहरीले आफ्नो सम्पूर्ण शक्ति लगाएर यो घटनाको अनुसन्धान गरिरहेको छ’, उनले भने। ‘तत्कालीन अनुसन्धानमा खटिएका प्रहरीको भूमिका र घटनाको अनुसन्धानमा ध्यान केन्द्रित गरिएको छ।’ उनले अपराध र अपराधी समाजमै रहने गरेकाले सबैको सहयोग मिले छिट्टै अपराधी पत्ता लाग्ने बताए।

एआईजी बस्न्यातले तत्कालीन समयमा घटनाको अनुसन्धानमा खटिएका २६ जना प्रहरी कर्मचारीमाथि गम्भीर रूपमा छानबिन भइरहेको बताए। ‘उच्चस्तरीय समितिको प्रतिवेदनले समेत धेरै कुरा उल्लेख गरेको छ, यो समितिले पनि अनुसन्धान गर्दै छ’, उनले भने, ‘प्रहरी कर्मचारीका हकमा अनुसन्धान क्रममा आरोप पुष्टि भए कारबाही हुन्छ।’ २६ जना प्रहरी कर्मचारीमध्ये ८ जना निलम्बन भइसकेका छन्।

शनिबार समितिले घटनास्थल आसपास क्षेत्र, बम दिदीबहिनीको घरमा समेत निरीक्षण गरेको छ। टोलीले यसअघि शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा घटनाबारे जिल्लास्थित सुरक्षा निकायसँग छलफल गरेपछि निर्मलाको परिवारसँग भेट गरेको थियो।

निर्मलाको शव फेला परेको स्थान, उनको किताब, साइकल भेटिएको ठाउँको स्थलगत निरीक्षण गरेको एआईजी बस्न्यातले बताए। टोलीले दिलीपसिंह विष्टसहित प्रहरीले हिरासतमा लिएकाहरूसँग समेत भेट्ने र सोधपुछ गर्नेछ। कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको ८० दिन बितेको छ। तर, निर्मलाको बलात्कार र हत्या प्रकरण रहस्यमय नै छ।

प्रहरीले घटनाको सूक्ष्म र गहन अनुसन्धान गरिरहेको बताए पनि हत्यारासम्बन्धी भने ठोस प्रमाण प्रहरीले फेला पार्न सकेको छैन। साउन १० गते घरबाट साथीकहाँ हिँडेकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त साउन ११ गते मृत अवस्थामा उखुबारीमा भेटिएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.