नेपालको प्रधानमन्त्री ओलीलाई सुझाव, ‘हातमा डण्डा लिएर हिड्नुहोस्’

नेपालको  प्रधानमन्त्री ओलीलाई सुझाव, ‘हातमा डण्डा लिएर हिड्नुहोस्’

चन्द्रपुर : नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बलियो डण्डा हातमा लिएर अगाडि बढ्न सुझाव दिएका छन् ।

गृह जिल्ला रौतहटको चन्द्रनिगाहपुरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता नेपालले देश डण्डा बिना नचल्ने भन्दै प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका हुन्। 

‘डण्डा बिना मुलुक चल्ने वाला छैन’, पूर्व प्रधानमन्त्री नेपालले भने, ‘यो मेरो २२ महिने प्रधानमन्त्री हुँदाको अनुभव हो।’

नेता नेपालले आफूले प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेटेर मुलुकको बेहाल अवस्था अाफूले टुलुटुलु हेरेर बस्न नसक्ने धारणा राखेको बताए।

संसदमा आफूले बोलेको कुरामा केहीले विरोध जनाएकोप्रति उनले आपत्ति प्रकट गरे । उनले संसद प्रतिपक्षको मात्रै नभएर जनताको भावना राख्ने ठाउँ भएकाले आफ्नो कुरा राखेको प्रष्ट पारे।

‘सरकारको मनोबल गिराउने हैन सहयोग गर्ने हो, भ्रष्टाचार, गलत गतिविधि रोक्नुस भन्दा सरकारको विरोध होइन, झन् सरकारलाइ नै बल पुग्छ’, नेता नेपालले भने। 

नेता नेपालले प्रजातन्त्रको नाममा अराजकता बढेकाले कसैले कसैलाई नटेरेको अनुभव सुनाए । उनले देशमा घुस खाने, ढिला सुस्ती गर्ने प्रवृत्ति बढेकाले त्यसको खबरदारी गर्न सबै कार्यकतालाई निर्देशन दिए।

कार्यक्रतालाई घुस नखान, सरुवा बढुवामा ध्यान नदिन निर्देशन दिँदै आफूले अनियमितता नगरे मात्रै त्यसको विरोधमा बोल्न हिम्मत आउने उनको भनाइ छ।

‘जो भष्टाचार गर्दैन उसलाई बोल्ने हिम्मत हुन्छ,’ नेता नेपालले भने, ‘सरकारले केही गरेको छैन भनेर भन्नु हुँदैन । गरेको कामलाई गरेको र कमी कमजोरीलाई पनि आत्मसात गरेर समस्याको समाधान तिर लाग्नुपर्छ।’

काम नगर्ने, अटेर गर्ने, जनताको कामलाई छिटोछरीतो ढंगबाट सम्पादन नगर्नेलाई कानुन बनाएर, संविधान संसोधन गरेर भएपनि ठिक पार्नु पर्ने उनको भनाइ छ।

मधेस, जनजाती, पहाड , दलित सबै वर्ग र समुदायको उत्थानका लागि नेकपा साहारा बनेर आगाडि बढ्ने उनको भनाइ छ। 

नेकपाको आयोजनामा मंगलबार रौतहटको चन्द्रनिगाहपुरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संसद विकास तथा प्रविधि समिती सभापति कल्याणी खड्का, संसद सरला यादवल, केन्द्रीय सदस्य युवराज भट्टराईलगायतको उपस्थिति थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.