दुई छोरालाई झुन्ड्याएर बाबु पनि झुन्डिएपछि...

दुई छोरालाई झुन्ड्याएर बाबु पनि झुन्डिएपछि...

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहमा आफ्ना दुई छोराको हत्या गरी बाबुलेसमेत आत्महत्या गरेका छन्।  औराहस्थित शान्तिटोलका ४२ वर्षीय सुरेन्द्र रामले ५ वर्षीय छोरा सुविन र ३ वर्षीय छोरा विपिनलाई झुन्ड्याएर हत्या गरेपछि आफूले पनि झुन्डिएर आत्महत्या गरेका हुन्। 

दुई छोरा र सुरेन्द्रलाई घरको कोठामा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीयबाट सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिमराबाट पुगेको प्रहरी टोलीले तीनै जनाको शव शल्यपरीक्षणका लागि वीरगन्ज पठाएको छ। 

पत्नीले छोडेर गएपछि सुरेन्द्र आफ्ना दुई छोराका साथ घरमा बस्दै आएका थिए। मदिरा सेवन गरेर कुटपिट गर्न थालेपछि सुरेन्द्रकी पत्नीले उनलाई छाडेर गएकी थिइन्। सुरेन्द्रले आफ्नी आमालाई पनि कुटपिट गर्ने गरेका थिए। छोराले कुटन थालेपछि उनकी आमा समेत घरमा बस्दिनथिन्। 

आफ्ना दुई नातिलाई भेट्न सुरेन्द्रकी आमा घरमा आउने गरेकी थिइन्। सधैंजसो आइतबार बिहान घरमा पुग्दा तीनै जना झुन्डिएको अवस्थामा देखेपछि उनले चिच्याउँदै छिमेकीलाई खबर गरेकी थिइन्।  

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले शव शल्यपरीक्षणका लागि पठाएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए। प्रहरी निरिक्षक हमालका अनुसार सुरेन्द्रमाथि यसअघि पत्नीको हत्या गर्ने प्रयासमा कारबाही गरिएको थियो। 

मदिरा सेवन गरी सुरेन्द्रले परिवार र स्थानियसग पटकपटक झगडा गर्ने गरेका थिए। झगडा गरेकै कारण बेलाबेलामा उनलाई कार्यालयमा ल्याएर सम्झाएर पठाउने गरिएको प्रहरी निरीक्षक हमालले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.