चारजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, तीन गम्भीर

चारजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, तीन गम्भीर

चन्द्रपुर : रौतहटको चन्द्रपुर नगरपालिकाको पौराइस्थित पूर्व पश्चिम राजमार्गमा चारजना चढेको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। मोटरसाइकल दुर्घटनामा परेका अन्य तीनजनाको आइसीयूमा उपचार भइहेको छ।सोमबार राति करिब १० बजे पौराइमा ना ३४ प ६४४० नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

दुर्घटनामा चन्द्रपुर १ का २२ वर्षीय शिव खड्काको मृत्यु भएको छ भने सोही ठाउँका २३ वर्षीय शक्ति थिङ्ग,२५ वर्षीय भीमबहादुर मोक्तान र २४ वर्षीय धिरज मगर गम्भीर घाइते भएको चन्द्रनिगाहपुरका डीएसपी युवराज खड्काले जानकारी दिएका छन्।

घाइते तीनैजनाको वीरगजस्थित हेल्थ केयर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.