सहमतीमै प्रदेश प्रहरी

सहमतीमै प्रदेश प्रहरी

राजविराज : प्रदेश नम्बर २ की उपसभामुख उपमा देवले संघीय सरकारसँगको सहमतीमै प्रदेश प्रहरी ऐन कार्यान्वयन हुने बताएकी छन्। 

सप्तरीको राजविराजस्थित निवासमा बिहीबार दसैं, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा देवले यस्तो बताएकी हुन्। 

संविधान अनुसार नै ऐन तयार गरिएको दाबी गर्दै उनले ऐनले संघीय ऐनलाई अवरोध नहुने भएपनि संघीय सरकारसँग समन्वय गरेर नै लागू गर्ने बताइन्। 

‘प्रहरी ऐन कार्यान्वयनका लागि केन्द्र सरकारसँग समन्वय हुनेछ’, उनले भनिन्। 

प्रदेश सभाले विधेयक पारित गर्ने प्रकृयालाई मिचेर हतारमा पारित गरेको भन्दै विपक्षी दल नेकपाले विरोध जनाए पनि असोज २७ गते प्रदेश २ को प्रदेशसभाले प्रहरी ऐन बहुमतले पारित गरेको छ।

प्रदेश प्रहरी ऐनअनुसार प्रदेश २ मा जनपद, प्राविधिक, पर्यटक प्रहरी, सामुदायिक र ट्राफिक गरी पाँच प्रकृतिका प्रहरी रहने उल्लेख छ।

प्रदेशले प्रहरी ऐन बनाए पनि केन्द्रले संघीय प्रहरी ऐन अझैसम्म बनाएको छैन। प्रदेश सरकारले विधेयक पारित गरेपछि संघीय सरकारमाथि दबाब बढेको र संघीय सरकारले ल्याउने विधेयकबाट अधिकार खोसिने संभावना पनि रहेको भन्दै चर्चा सुरु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.