मलमुत्र खुवाउन खोज्ने युवती पक्राउ
![मलमुत्र खुवाउन खोज्ने युवती पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/women--arrested-new_20180909081238_j9LZTrDaZj.jpg)
राजविराज : कथित बोक्सीको आरोपमा महिलालाई मलमुत्र खुवाउन खोजेको भन्दै प्रहरीले सप्तरीको तिरहुत गाउँपालिका–२ की २२ वर्षीया सुनिता रामलाई पक्राउ गरेको छ ।
प्रहरीले सुनितालाई बिहीबार नै पक्राउ गरी जिल्ला अदालत सप्तरीमा उजुरी दर्ता गराएको छ । शौचालयबाट लोटामा मलमुत्र ल्याई सोही ठाउँकी ४० वर्षीया मानवतीदेवी रामलाई असोज २२ गते खुवाउने प्रयास गरेको आरोपमा सुनितालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख प्रहरी निरीक्षक प्रतिक विष्टले बताए ।
पीडितका श्रीमान रोजगारका लागि भारतको पञ्जाबमा रहेको बेला सुनिताले कुटपिट गर्दै शौचालयबाट लोटामा मलमुत्र ल्याई खुवाउने प्रयास गरेको भन्दै मानवतीले प्रहरीका उजुरी दिएकी थिइन् ।
पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएपछि पीडितको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपमा उपचार तथा स्वास्थ्य परिक्षण भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपमा बरिष्ठ अहेव लक्ष्मीनारायण चौधरीले स्वास्थ्य परिक्षण गर्दै पीडितको कपाल जगल्टाएको र कुटपिट गरेको देखिएको बताए ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपले आरोपित सुनिताविरुद्ध भेदभाव तथा अन्य अपराधजन्य व्यवहारमा उजुरी दर्ता गरेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)